arrow

कागेश्वरी नगरपालिकामा १०८ शिवलिङ्ग प्रतिस्थापन

logo
प्रकाशित २०७४ साउन २० शुक्रबार
108_linga.jpg

काठमाडौं । काठमाडौंको कागेश्वरी नगरपालिका वडा नम्बर ८ स्थित अर्ध नागेश्वरमा १०८ शिवलिङ्ग प्रतिस्थापन गरिएको छ । अर्ध नागेश्वर धार्मिक पार्क विकास परियोजना निर्माण भइरहेको स्थलमा हारती माता जमुना कार्कीले एकल प्रयासमा पशुपतिनाथको जस्तै १०८ वटा शिवलिङ्ग प्रतिस्थापन गरेकी हुन् ।  

विशेष पूजाआजा गरी शुक्रबार शिवलिङ्ग प्रतिस्थापन गरिएको हो । लामो समयदेखिको प्रतिष्ठा पूरा गर्न लक्ष्यबत्ती, रुद्री र चण्डीपाठ पूजा गरी शिवलिङ्ग प्रतिस्थापन गरिएको हारती माताले बताइन् ।  शिवलिङ्ग प्रतिस्थापनसंगै स्थानीयले शिवलिङ्ग दर्शनका लागि निकै सजिलो भएको प्रतिक्रिया दिएका छन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ