नेपाल आयल निगमका कार्यकारी निर्देशकद्वारा पत्रकार पौडेललाई धम्की
प्रकाशित २०७४ साउन २० शुक्रबार
279
Shares
काठमाडौं । नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य दिलिप पौडेलले नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्काले समाचार लेखेको आधारमा आफूलार्इ धम्की दिएको बताएका छन् । आयल निगमले खरीद गरेको जग्गामा अनियमितता भएकोबारे समाचार लेखेको आधारमा शुक्रबार सिंहदरबारमा उनलाई कार्यकारी निर्देशक खड्काले धम्की दिएका हुन् ।
उनीसँगको भेटमा कार्यकारी निर्देशक खड्काले ‘करियर सिध्याईदिने धम्की दिएको बताएका छन् । उनले आफूसँग कुराकानी नगर्न र केही कुरा भए भित्तालाई सुनाउनु भन्दै मन्त्रीको कार्यकक्ष भित्र छिरेको बताएका छन् ।
नागरिक दैनिकमा साउन २ गते ‘डेढ अर्बको जग्गा किन्दा ६७ करोड घोटाला’ शीर्षकको समाचार लेखिएको विषयमा उनलाई धम्की आएको उनले बताए । पौडेल अहिले सोही दैनिकमा कार्यरत छन् ।