arrow

२० वर्षे इतिहासमा पाकिस्तानमा पहिलो पटक हिन्दूमन्त्री

logo
प्रकाशित २०७४ साउन २१ शनिबार
darshanlal.jpg

इस्लामावाद । पाकिस्तानका प्रधानमन्त्री शाहिद खाकन अब्बासीको मन्त्रिपरिषद्मा २० वर्षे इतिहासमा पहिलोपटक हिन्दू मन्त्रीले सपथ खाएका छन् । पाकिस्तानका प्रधानमन्त्री शाहिद खाकन अब्बासीको मन्त्रिपरिषद्मा शुक्रबार हिन्दू सांसद् दर्शनलाललाई सपथ खुवाईएकोे छ । यससँगै दर्शनलाल पाकिस्तानको २ दशकदेखिको सरकारमा सामेल हुने पहिलो हिन्दू सांसद् बनेका छन् । 

शुक्रबार पाकिस्तानी राष्ट्रपति ममनून हुसैनले ४७ सांसद्को मन्त्रिपरिषद्को सपथ खुवाएका छन् जसमा १९ राज्यमन्त्री छन् । एक सरकारी अधिकारी अधिकारीका अनुसार ६५ वर्षीय लाल पेशाले डाक्टर हुन् । अहिले उनी सिंध प्रान्तमा मीरपुर मथेलो शहरमा २०१४ मा दोस्रो पटक सांसद् चुनिएका थिए । 

पाकिस्तानको सर्वाेच्च अदालतले नवाज सरिफको गत हप्ता वर्खास्त गरिसकेपछि अन्तरिम प्रधानमन्त्रीको रुपमा शाहिद खाकन अब्बासीलाई प्रधानमन्त्री  बनार्इएको छ । - एजेन्सी



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ