arrow

बाढीले नुवाकोट रसुवा जोड्ने बेत्रावतीको झोलुङ्गे पुल बगायो

logo
प्रकाशित २०७४ साउन २१ शनिबार
Badhi-news-aaja.jpg.jpeg

नुवाकोट। अबिरल वर्षाका कारण फलाखु खोलामा आएको बाढीले नुवाकोट र रसुवा जोड्ने ऐतिहासिक महत्व बोकेको झोलुङ्गे पुल बगाएको छ । 

बाढीले पुल बगाएर जमिन कटान गरेपछि एकदर्जनभन्दा बढी घर जोखिममा परेका छन् । फलाखु खोलामा शुक्रबार राति आएको बाढीले नुवाकोट तर्फको जगमा क्षति पुर्याएपछि पुल बगाएको हो । नुवाकोटको साविक गेर्खु ९ र रसुवाको लहरेपौवा १ स्थित बेत्रावतीमा रहेको  झोलुङ्गे पुलको जगको पिल्लरमा बाढीले क्षति पुर्याएपछि नुवाकोटतर्फ पुलको संरचना चुडिएको हो । झोलुङ्गे पुल बगाए पनि नजिकै पक्की पुल भएकाले दुई जिल्लाको आवतजावत कायमै रहेको बेत्रावतीमा क्रियाशील गोसाईंकुण्ड युवा क्लबका कोषाध्यक्ष शशी डंगोलले जानकारी दिए । 

स्कटल्याण्ड सरकारबाट नेपाललाई तीनवटा पुल निर्माणमा पुर्याएको सहयोग कार्यक्रममार्फत  २००४ मा निर्माण भएको उक्त पुलले नेपाल र चीनबीचको पद्मार्गको सम्पर्क विस्तारमा सहयोग पुर्याएको थियो ।  पुल रसुवा जिल्लालाई बाहिर जिल्लासँग जोड्ने पहिलो पुल हो । उक्त पुलको निर्माणपछि रसुवाको रसुवागढी हुँदै चीनको केरुङ बजारसम्मको व्यापार फस्टाएको थियो । 

बाढीले पुलको जग बगाएर जमिन कटान गरेपछि गेर्खु  ९ का विष्णुबहादुर डंगोल, पूर्णलाल डंगोल, चन्द्रबहादुर डंगोल, कान्छी केसीलगायत एक दर्जनभन्दा बढी घर जोखिममा रहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ