संविधान अनुसार सबै निर्वाचन समयमा सक्नु सरकारको दायित्व : रक्षामन्त्री
प्रकाशित २०७४ साउन २१ शनिबार
473
Shares
काठमाडौं । रक्षामन्त्री भिमसेनदास प्रधानले संविधानले दिएको समयावधि भित्र सबै निर्वाचन सक्नु सरकारको दायित्व भएको बताएका छन ।
शनिबार राजधानीको थापाथली इन्जिनियरिङ क्याम्पसमा नेपाल विद्यार्थी संघ आबद्ध युवा इन्जिनियर समूहले आयोजना गरेको बधाइ तथा शुभकामना कार्यक्रममा मन्त्री प्रधानले संविधानले दिएको समय सिमा भित्र बाँकी सबै निर्वाचन सक्नु सरकारको दायित्व भएको भन्दै सरकारको ध्यान निर्वाचनमा केन्द्रित भएको बताउका हुन ।
मन्त्री प्रधानले राष्ट्रवादका नाममा जनतामा केही शक्तिले भ्रम छरेको भन्दै जनताले त्यसलाई बुझ्न सक्नु पर्ने समेत बताए । ' राष्ट्रका नाममा केही शक्तिले जनतामा भ्रम फैलाएका छन, जनता अब कसैको भ्रममा पर्ने वाला छैनन ' मन्त्री प्रधानले भने ।
मन्त्री प्रधानले आफ्नो जिम्मेवारीमा रहेको मन्त्रालय अन्तर्गत तराइ मधेसलाई राजधानीसँग जोड्ने सडक काठमाडौं निजगढ फास्ट ट्रयाकलाई आफुले महत्वका साथ अघि बढाउँन लागेको समेत बताए । उनले सातै वटा प्रदेश र उपत्यकामा समेत सेनाको पृतना स्थापना गर्ने सरकारको तयारी रहेको भन्दै संघीय संरचना अनुसार अब सेनाले जनताको नजिक रहेर विकास निर्माणको काम गर्ने बताए ।
कार्यक्रममा युवा इन्जिनियरहरुको समूहले मन्त्री प्रधान र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्टारमा नियुक्त भएकामा विश्व काफ्लेलाई सम्मान गरेको थियो । सो कार्यक्रममा नेपाल विद्यार्थी संघका महाँमन्त्री कुन्दनराज काफ्ले, युवा इन्जिनियर सुसन बैद्य लगायतले मन्तव्य राखेका थिए ।