arrow

भारतमा उपराष्ट्रपति चयनका लागि मतदान सुरु

वेन्काइया नाइडु  विजयी हुने निश्चितप्राय

logo
प्रकाशित २०७४ साउन २१ शनिबार
india-map-and-flag-1310791.png.png

नयाँ दिल्ली । भारतमा उपराष्ट्रपति चयनका लागि सनिबार  मतदान भईरहेको छ । 

स्थानीय समयानुसार बिहान दश बजे सुरु भएको मतदान बेलुका पाँच बजेसम्म जारी रहने निर्वाचन आयोगले जनाएको छ । मतदानको परिणाम पनि शनिबार  नै सार्वजनिक गरिने बताइएको छ । 

भारतीय सत्तारुढ दलहरुको संयुक्त गठबन्धन, नेशनल डेमोक्र्याटिकआवद्ध उम्मेदवार वेन्काइया नाइडु यस मतदानमा विजयी हुने निश्चितजस्तै देखिएको बताइन्छ । देशको प्रमुख विपक्षी काँग्रेस पार्टीले भारतीय पश्चिमी राज्य वेस्ट बङ्गालका कृष्ण गान्धीलाई नाइडुको प्रतिद्वन्दीका रुपमा  निर्वाचनमा उम्मेदवार बनाएको छ । 

उप राष्ट्रपतिको शपथ १० अगस्तमा हुनेगरी कार्यक्रम सार्वजनिक पनि गरिएको छ । निर्वाचित हुने उपराष्ट्रपतिले हालका उपराष्ट्रपति हमिद अन्सारीलाई प्रतिस्थापन गर्ने छन् । भारतका उपराष्ट्रपतिको निर्वाचन भारतीय संसदका दुवै सदनका सदस्यहरुले गोप्य मतदानबाट गर्ने प्रावधान रहेको छ । 

राष्ट्रपति नभएको अवस्थामा जस्तै राष्ट्रपतिको मृत्यु भएमा, राजिनमा दिएमा र भ्रष्टाचारको मुद्धामा राष्ट्रपति हटेको खण्डमा र उनीमाथि महाभियोग लागेर पद रिक्त रहेको अवस्थामा राष्ट्रपतिका रुपमा उपराष्ट्रपतिले नै कार्य सम्पादन गर्ने संबैधानिक व्यवस्था रहेको छ । सिन्ह्वा 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ