arrow

चीनका विज्ञ भन्छन् : भारतमाथि सैन्य कार्वाही अवश्य हुन्छ

logo
प्रकाशित २०७४ साउन २१ शनिबार
boarder.JPG

एजेन्सी । सिक्किमको डोकलाम भुभागमा जारी विवादलाई लिएर चीनका एक विज्ञले बेजिङको तर्फबाट सानो मात्रामा सैन्य कार्वाही संचालनको आशंका व्यक्त गरेका छन् ।विज्ञका अनुसार , "चीन डोकलाममा लामो समयसम्म गतिरोध राख्ने अनुमति दिन सक्दैन , त्यसैले सो क्षेत्रबाट भारतीय सैनिकलाई हटाउन २ हप्ता भित्र सानो मात्रा सैन्य कार्वाही सञ्चालन गर्न सक्छ ।"

भारत-चीन र भूटानबीच त्रिपक्षिय बिन्दु भनिने डोकलाम चीन  सडक बनाउन चाहान्छ । तर  भारत सोको विरोध गरिरहेको छ ।  करीब २ महिना देखि सो इलाकामा भारत र चीनका सैनिक आमने-सामने रहेका छन् ।

चीनको सरकारी पत्रिका ग्लोबल टाइम्समा शनिवार छापिएको एक लेखमा चिनियाँ विज्ञ हू झियान्गले सो कुरा  बताएका हुन् ।  पत्रिकाले उक्त लेखलाई 'मिलिट्री क्लेशेज पोसिबल एज बोर्डर स्टेन्डअफ ड्रेग्स अन' शिर्षक दिएको छ । लेखमा चिनयाँ विज्ञले पछिल्लो २४ घण्टाको क्रममा डोकलाम विवाद माथि ६ मन्त्री र इन्स्टीट्यूशसको बयानका आधारमा सानो मात्रा सैन्य कार्वाही सञ्चालन हुन सक्ने लेखेका छन् ।  

 हू झियान्ग शंघाई एकेडमी अफ सोशल साइन्सेजको इन्स्टीट्यूट अफ इन्टरनेशनल रिलेशन्समा अनुसन्धानकर्ता हुन् ।हूका अनुसार चीन आफ्नो सैन्य कार्वाहि संचालन गर्नु अघि भारतका विदेशमन्त्रीलाई जानकारी गराउनेछ ।


हू झियान्गले आफ्नो दाविलाई प्रस्ट्याउदै  तिब्बतमा हालै चीनले गरेको लाइभ फायर एक्सरसाइजको उदाहरण दिए । साथै उनले भने, "भारतले हालैको बर्षमा चीनलाई लिएर एक अपरिपक्व नीति देखाएको छ । भारतमा चीनमा जस्तो परिपक्व नीति विकास भएको छैन र भारत सो इलाकामा विवाद मात्र सृजना गर्न चाहान्छ । तर वास्तविकतामा कुनै विवाद नै छैन। यसको पछाडि भारतको चाहाना चीनसँग सम्झौता गर्नु हो ।"

भारतकी विदेशमन्त्री सुषमा स्वराजले ३ अगस्टको राज्यसभामा , "लडाइ कुनै समस्याको सामाधान होइन । डोकलाममा चीनसँग मिलेर विवाद सुल्झाउने प्रायस गरिरहेको छ, हाम्रो द्विपक्षीय सम्बन्ध माथि पनि  चीनसँग कुराकानी भइरहेको छ । विवादको हल कूटनीति तरिकाले निकाल्नु नै बुद्धिमानी हुनेछ ।" भनेकी छन् ।

लेखमा तिब्बतको स्वशासित क्षेत्र डोकलाममा सैन्य गतिरोध माथि बिहिबार देखि शुक्रवारसम्म २ मन्त्री र ४ इन्स्टीट्यूशन्स (जसमा चीनका विदेशमन्त्री , रक्षामन्त्री , पीपुल्स डेली र भारतमा चीनको एम्बेसी सामेल छन् ) ले बयान जारी गरेको हुले बताएका छन् । उक्त गतिरोध करीब २ महिनादेखी जारी रहेको छ र अहिलेनै अन्त्य हुने लक्षण देखिएको छैन ।

पत्रिकाले लेखका साथै एउटा ग्राफिक पनि जारी गरेको छ । साथै सो ग्राफिकलाई 'द फ्याक्ट्स एण्ड चाइनाज पोजीशन कन्सर्निङ द इन्डियन बोर्डर ट्रप्स' शिर्षक दिएको छ । लेखका अनुसार भारतीय सैनिक सिक्किममा पर्ने चीनको क्षेत्रमा घुसपैठ गरेका छन् ।

उता  चीनका वाणिज्य दुत मा झानवूले भने, "बोर्डरमा शान्ति र धैर्य बनाए रख्नु दुवै देशका लागि अहम बिषय हो र हाम्रो आपसिहित माथि ध्यान दिन आवश्यक छ।" झानवूले शुक्रवार एक कमेन्टमा "चीन-भारतको सम्बन्ध दाजु-बहिनिको जस्तो हो । त्यसैले मतभेद त हुन्छनै तर हाम्रो आपसी हित ज्यादा महत्वपूर्ण हो ।" लेखेका छन् ।

झानवूले , " आशा छ कि सीमा विवाद एक तर्कसंगत र रचनात्मक तरिकाले सामाधान हुनेछ । साथै यसलाई चाडो भन्दा चाडो समाधान गरिनेछ ।चीन र भारतबीच मतभेद छ , तर दाजु-बहिनिको मतभेदको रुपमा छ , यदि तपाईको सम्बन्ध दाजु-बहिनिको जस्तो भए मतभेद त हुन्छ नै । तपाईको आफ्नो बुबा आमासँग पनि मतभेद हुन सक्छ तर यसको अर्थ यो होइन की तपाई उहाँहरुसँगै बस्न सक्नु हुन्न । मतभेदको अर्थ यो होइन कि तपाई आफ्नो दाजु वा बहिनिसँग अन्य मामिलाका सबै काम गर्न बन्द गर्नुहोस।" लेखेका छन् ।

बिहिबार चीनका रक्षा मन्त्रालयका प्रवक्ता रेन गुओकियांगले  भने , "जबदेखि दुई देशबीच सीमा विवाद रहेको छ, त्यसबेलादेखि चीनले सद्भावना नै देखाइरहेको छ। हामीले विवादलाई कूटनीतिक तरिकाबाट  सुल्झाउन पनि कुरा गरेका छौं । हाम्रो पिपुल्स लिबरेशन आर्मी (पिएलए) ले संयम देखाएको छ । हामी आफ्नो क्षेत्रमा शान्ति चाहन्छौ तर यसलाई गलत तरिकाले नबुझियोस।"

गुओकियांगले भने - 'भारत सो भ्रमबाट जोगिन आवश्यक छ । विश्वका कुनै पनि देशले  पिपुल्स लिबरेशन आर्मीलाई कमजोर नसम्झे हुन्छ ।  हाम्रो सेना सम्प्रभुता र सुरक्षाका लागि योग्य छन् ।'

 १६ जुन देखि सुरु भएको सो विवाद अन्त्य हुने  छाटकाट देखिदैन  ।  चीन सिक्किम क्षेत्रको डोकलाम इलाकामा सडक बनाउँन चाहान्छ । डोकलामको पठारमा चीन, सिक्किम र भूटानको सीमा जोडिन्छ । भूटान र चीन सो इलाकालाई आफ्नो भएको दाबी गर्छन् ।  भारत भूटानलाई सहयोग गर्दैछ। भारतमा सो स्थानलाई डोकलाम र चीनमा डोंगलोंग भनिन्छ।

'सेन्टर फर चाइना एनालिसिस एण्ड स्ट्रेटजी' का अनुसार चीन भारतसँग तीन कारणले जटिलता रहेको छ ।वन बेल्ट-वन रोड प्रोजेक्टलाई भारतले स्विकार नगर्नु यसको पहिलो कारण हो । जसले चीनलाई ठुलो नोक्सान पुर्‍याउने छ । दोस्रो, अमेरिकासँग भारतको नजिकिदो सम्बन्ध । थिङ्कट्याकका अनुसार , तेस्रो र ताजा कारण चाहि  भूटानको डोकलाम सीमा विवाद हो । १६  जुनमा पिएलए डोकलाम इलाकामा घुसेर सडक बनाउन सुरु गर्‍यो ।
 
सो समय रोयल भूटान आर्मीको गस्ति टोलिले चिनियाँ सैनिकलाई रोक्ने प्रयत्न गरेका थिए । तर चीनले नमानेपछि भूटानको आग्रहमा भारतीय सेना सो स्थानमा पुगेको हो । भारतीय सैनिक यति चाडो डोकलाम पुग्नेछ भन्ने चीनले अन्दाज लगाउन सकेको थिएन । चीन सो स्थानलाई आफ्नो इलाका मान्छ । भारत सो स्थानमा भुटानसँग भएको सन्धिका कारण पुगेको हो । यो चीनलाई मन परेको छैन किनभने त्रिसंगममा सडक बनाउने प्रोजेक्ट रोकिएको छ ।

चीन जहाँ सडक बनाउदैछ सो इलाकाबाट २० किलोमिटरको  भुभाग सिक्किम र पूर्वोत्तर भारतीय राज्यसँग जोडिन्छ । जसलाई  ‘चिकेन नेक’ पनि भनिन्छ । चीनले सो  इलाकामा दखल बढाए भारतको कनेक्टिविटीमा असर पर्नेछ । भारतको कयौ राज्य चीनको तोपको दुरिमा पर्नेछ ।

यदि चीनले सडक बनाए भूटानको इलाकामा घुस्ने मात्र नभइ भारतको सिलीगुड़ी करिडोर माथि पनि उसको अधिकार बन्न सक्नेछ । २०० किमी लम्बाइ र ६० किमी चौडा सिलीगुडि करिडोर पूर्वोत्तर राज्य भारतको बाकी राज्यसँग जोड्छ । यसैले सो क्षेत्रमा भारत चीनको उपस्थिति चाहादैन ।

९ जुलाईदेखि भारतीय सेना र पिएलए डोकलाम  बोर्डरमा ६०-७० जनाको टुकडि सय मिटरको दूरीमा आमने-सामने रहेका छन् । दुवै देशका सेना सो स्थानबाट १०-१५ किलोमिटरमा तैनाथ रहेका छन् ।

भारतले डोकलामबाट आफ्नो सेना बिना शर्त फिर्ता गर्न चीनले राखेको माग अस्विकार गरेको छ । चीनको सरकारी पत्रिका पीपुल्स डेलीको एक रिपोर्टरको प्रश्नमा भारतीय विदेश मंत्रालयका प्रवक्ता गोपाल बागलेले सो बताएका हुन् ।

बागले भने, "हामिले डोकलाम मामिलामा आफ्नो हेराइ र  बाटो खोज्ने तरिकाबारे चीनको अगाडिनै स्पष्ट गरेका छौ ।" बागले भने , "सीमा विवाद सामाधान गर्न दुवै देशबीच पहिले देखिनै एउटा  सिस्टम बनेको छ  र अहिले चलेको विवादलाई पनि सोहि सिस्टमले सामाधान गर्नेछ । इन्टरनेशनल कम्युनिटीले सो विवादको सामाधान दुवै देशबीच कूटनीतिज्ञ तबरले हुनु पर्दछ भनेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ