arrow

भारतको इतिहासमा पहिलो पटक तीन उच्च संवैधानिक पदमा विजेपी

उपराष्ट्रपतिमा नायडू

logo
प्रकाशित २०७४ साउन २१ शनिबार
BJP_Naidu.JPG

नयाँ दिल्ली । भारतमा शनिबार उपराष्ट्रपति निर्वाचनको मतपरिणाम आएसँगै भारतीय जनता पार्टीले एउटा नयाँ रेकर्ड राखेको छ । शनिबार भएको मत परिणाममा भारतीय जनता पार्टी विजेपीबाट उपराष्ट्रपतिका उम्मेदवार वेंकैया नायडू देशको नयाँ उपराष्ट्रपति चुनिएसँगै भारतमा विजेपीले आफ्नो नयाँ रेकर्ड राखेको हो । 

उपराष्ट्रपतिमा नायडू निर्वाचित भएसँगै भारतको इतिहासमा भारतीय जनता पार्टीले राष्ट्रपति उपराष्ट्रपति र प्रधानमन्त्री तीन उच्च संवैधानिक पदमा आफ्नो पार्टीका उम्मेदवारलाई विजयी गराएको छ । शनिबार भएको उपराष्ट्रपति चुनावमा नायडूले कांग्रेसको नेतृत्वमा उठेका १८ विपक्षी दलका संयुक्त उम्मेदवार तथा महात्मा गान्धीका खलक समेत पर्ने गोपाल कृष्ण गांधीलाई २७२ मतले हराएका छन् । उनले कूल ५ सय १६ मत ल्याए जबकि यूपीए उम्मेदवार गान्धी २ सय ४४ भोटमा सीमित भए । कूल ११ मत बदर भएको थियो । 

सबैभन्दा पहिले प्रधानमन्त्रीमा नरेन्द्र मोदी निवर्नचित भएका थिए भने केही दिन अघि मात्रै राष्ट्रपतिमा रामनाथ कोविन्द निर्वाचित भएका थिए । अहिले उपराष्ट्रपतिमा पनि आफ्ना उम्मेदवार जिताएर विजेपीले नयाँ रेकर्ड राखेको हो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ