कांग्रेसमा पुर्नताजकीको अभियान आवश्यक ः डा. संग्रौला
शरद रेग्मी
प्रकाशित २०७४ साउन २२ आइतबार
523
Shares
दाङ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. डिला संगौलाले पार्टी संगठन सुद्धिढिकरण एवम पुनर्ताजकी थाल्नु पर्ने बताएकी छन् ।
रिपोर्टर्स क्लव दाङले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै केन्द्रीय सदस्य एवम महिला नेतृ संगौलाले पार्टी भित्रको अन्तरघातको कारण दोस्रो स्थानमा आउनु परेको बताएकी छन् । स्थानिय तहको चुनावमा भएका कमिकम्जोरीलाई सच्याउदै प्रदेश र निर्वाचनमा लाग्नु पर्ने बताएकी छन् । काँग्रेसमा देखिएको भद्रगोलको अवस्थालाई सुधार गर्नु पर्छ हैन भने पाटीमा अनुसासन हिनता बढदै जाने छ उनको भनाइ थियो ।
देश भरिका महिलाहरु संग भेटघाट र स्थानीय निर्वाचनको समिक्षाको लागि आफुहरुले अभियान थालेको भन्दै स्थानीय तहमा जितेकाहरुलाई बधाई र पराजय भोगेकाहरुलाई सहानुभुर्ति दिएको बताइन् ।
प्रदेशको चुनावमा ५० प्रतिसत अधिकारका साथै संघको चुनावमा महिला महिला विच खुल्ला प्रतिसप्रर्दा आवश्यक भएको बताउदै । सरकारमा पनि ३३ प्रतिसत महिला सहभागीता हनुपर्ने आफुहरुको माग भएपनि सो हुन नसेको बताएकी छन् ।महिला संघकी पूर्व सभापति समेत भइसकेकी संग्रौलाले स्थानीय तहमा महिलाहरुले केही अधिकार भने पाएको बताइन् ।
साक्षात्कार कार्यक्रममा पूर्व संसाद उर्मीला थापाले संविधानमा महिला महिला अधिकार सुनिश्चिता भएपनि तल्लो तहमा समाजले अफैपनि साथ नदिएको बताइन् । उनले अव आफुहरु मिसन र भिजन सहित जिल्ला दौडाहमा लागेको भन्दै यसले संगठन सुधार हुने विश्वास व्यक्त गरेकी छन् । त्यसैगरी कार्यक्रममा महिला नेतृ महिला संघकी केन्द्रीय सदस्य निर्मला क्षेत्रीले महिलाहरुको ३३ प्रतिसत सहभागीता भने पनि सो व्यहारमा लागु हुन नसकेको भन्दै गुनासो गरिन्। उनले संविधान जारीगर्दा एक भएका दलहरु हाल विभाजन भएको भन्दै तिनै तहको निर्वाचन र संविधान कार्यान्वयन गर्दा सम्म सहमति र सहकार्यका साथ अगाडि बढनु पर्ने बताइन्।