arrow

डोक्लाम विवादमा समर्थन खोज्न चीनले लिपुलेकमा नेपालको पक्षमा बोल्ला ?  

भारतीय मिडियामा चल्यो चर्चा

logo
प्रकाशित २०७४ साउन २२ आइतबार
Lipulek-1.jpg

काठमाडौं । नेपाल भारत र चीनबीचको त्रिदेशीय विन्दू लिपुलेकमा गत वर्ष भारत र चीनले व्यवासारिक सम्झौता गरेसँगै नेपाल आफ्नोभूमि माथि अरुको हेपाहा प्रवृत्तिको विरोधमा छ । यस विषयमा नेपालको संसद्मा पनि यस विषयमा विभिन्न समयमा कुरा उठ्ने गरेको छ । नेपाली भूमिमा भारत र चीनले व्यापारिक सम्झौता गर्नुमा केही राजनीतिक दलहरुले विरोध पनि गर्दै आएका छन् । 

यो त्रिदेशीय विन्दूमा दुई ठूला देशले हेपाहा प्रवृत्ति देखाएसँगै फेरि अर्को सानो मुलुक भुटानमाथि पनि यस्तै देखियो दोक्लाममा । नेपालमा कालेकाले मिलेर बाँडेर खाएका भारत र चीन दोक्लाममा भने मिल्न सकेनन् । त्यहाँ अझै पनि स्थिती तनावग्रस्त रहेको छ । 

यहीबीचमा भारतीय सञ्चारमाध्यमहरुमा चीनले नेपालसँगको कूटनीतिक सम्बन्ध सुधारको लागि चर्काे पहल गरिरहेको चर्चा चल्न थालेको छ । भारतको नवभारत टाईम्सले आईतबार एक समाचारमा चीनले नेपालसँग कूटनीतिक रुपमा सम्बन्ध सुधारको लागि विशेष पहल चालेको बताएको छ । उक्त समाचारमा नेपाल भारत र चीनबीच कालापानीमा रहेको लिपुलेकको विषयमा भारत र चीनले एकलौटी रुपमा गरेको सम्झौताबाट नेपाल असन्तुष्ट भईरहेको बेलामा डोक्लाम विवादमा नेपालको समर्थन जनाउनको लागि चीनले नेपालसँग कूटनीतिक सम्बन्ध सुधारको प्रयास गरेको उल्लेख गरेको छ । 

सो भूमिमा अहिले भारत तथा नेपाल दुबैले आ आफ्नो दाबी गर्दै आईरहेका छन् । तर कूटनीतिक सुधारको प्रयास नै नगरी २०१५ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लिपुलेखलाई समेटेर त्यहाँ चीनसँग व्यापार बढाउने घोषणा गरेका थिए । यसरी भारतकै कारण नेपालको सम्प्रभुता र क्षेत्रीय अखण्डता कमजोर भएको सवाल पनि समाचारमा उठाईएको छ । 

विमस्टेकको बैठकमा भाग लिनको लागि भारतीय विदेशमन्त्री स्वराज केही दिनमा नेपाल आउँदैछन् । सो समयमा चिनियाँ उपप्रधानमन्त्री पनि नेपाल आउँदै छन् । नेपालले केही समय भारतको सहमति नहुँदा नहुँदै पनि चीनको वान वेल्ट वान रोड परियोजनामा हस्ताक्षर गरिसकेको छ । यस्तो सवालमा चीनले डोक्लाममा नेपालको समर्थन खोज्नको लागि लिपुलेखमा नेपालको पक्षमा निर्णय गरिदियो भने नेपालले अवश्य पनि चीनको पक्षमा बोल्न सक्छ भन्ने चर्चा अहिले भारतमा चल्न थालेकोछ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ