arrow

सांसद को–को परे पशुपतिको पोल्टामा ?(सूचीसहित)

logo
प्रकाशित २०७४ साउन २२ आइतबार
pasupati_rana.jpg

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा फेरि चोइटिएको छ । वरिष्ठ नेता पशुपतिशमशेर राणाले सुटुक्क नयाँ पार्टी खोलेका छन् । राणाले आइतबारै नेतृत्वमा नयाँ दल ‘राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिक’ दर्ताका लागि निर्वाचन आयोगमा निवेदन समेत दिएका छन् ।

राणा नेतृत्वको नयाँ दलमा २२ सांसद तथा ७२ केन्द्रीय सदस्य रहेको बताइएको छ । राणाको समूहमा रहेकी सांसद आनन्दी पन्तले भनिन्, ‘अहिले २२ जना आएका छौँ । अझै केही आउँने क्रममा छन् । २५ जना भन्दा बढी हुन्छौँ होला ।’

एकीकरणपछि ३७ सिट भएको राप्रपामा अब कमल थापाको भागमा १५ सांसद मात्रै छन् । यसअघि डा. प्रकाशचन्द्र लोहनी समेत एकीकृत भएपछि निस्किएर अर्को पार्टी दर्ता गराएका थिए । राप्रपामा सरकारमा सहभागि हुने विषयलाई लिएर विवाद हुँदै आएको थियो ।

राणाले ४० प्रतिशत केन्द्रीय सदस्यसहित अलग्गै पार्टी दर्ता गराए । राणा समूहमा गएका सांसदहरुले नयाँ दल खोल्न भन्दै संसद सचिवालयलाई समेत जानकारी गराएका छन् ।
राणाको पोल्टामा परेका सांसदको सूची
दिपक बोहोरा –रुपन्देही २
विक्रम पाण्डे– चितवन ५
सुनील बहादुर थापा –धनकुटा २
रेशम बहादुर लामा–काभ्रेपलाञ्चोक  
वविना मोक्तान लावती–पाँचथर
रमेशकुमार लामा–सिन्धुपाल्चोक
परशुराम तामाङ–धादिङ
राज्यलक्ष्मी श्रेष्ठ (नुवाकोट)–नुवाकोट
लक्ष्मी थापा पासवान– धनुषा
राजेश्वरीदेवी साह–सर्लाही
रामकुमार सुब्बा–सुनसरी
आनन्दी पन्त–कञ्चनपुर
इश्तियाकअहमद खान– रुपन्देही
गीता सिंह –बाँके
सरोज शर्मा–काठमाडौं
सीता लुइँटेल(ज्ञवाली)–काठमाडौं
लीला देवी श्रेष्ठ –इलाम
कमला देवी शर्मा –कास्की

विराज विष्ट-ललितपुर
धानो महरा-सिराहा



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ