arrow

बाढीले भियतनामको पहाडी भेगमा २६ जनाको मृत्यु

logo
प्रकाशित २०७४ साउन २३ सोमबार
badhi1.jpg

एजेन्सी । बाढीले भियतनामको उत्तरी क्षेत्रमा पर्ने विभिन्न पहाडी इलाकामा २६ जनाको मृत्यु भएको छ। बाढीमा परी १५ जना बेपत्ता भएका छन् ।

उत्तरी भियतनामको दिएनबिएन, सोन ला, चाओ बाङ्ग र चाउ प्रान्तमा बाढी आएको प्रकोप नियन्त्रण कार्यालयले जानकारी दिएको छ।

भियतनामको उत्तरपश्चिमी इलाकामा आएको यस भीषण बाढीमा परी साढे ६ सय घर क्षतिग्रस्त र नष्ट भएका छन् । बाढीका कारण कैयौँ राष्ट्रिय राजमार्ग र सयौँ हेक्टर खेतीयोग्य जमिनसमेत नष्ट भएको छ।

भियतनाममा यस वर्षको शुरुदेखि हालसम्म आएको बाढी र आँधीलगायत प्रकोपमा परी ७५ जनाको मृत्यु हुनुका साथै ७७ व्यक्ति घाइते भएका देशको कृषि तथा ग्रामीण विकास मन्त्रालयले जनाएको छ।

भियतनाममा गत वर्ष आएको बाढी र खराब मौसमको कारण करिब २ सय ३५ व्यक्तिको मृत्यु भएको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ