arrow

वर्ल्ड ट्रेड सेन्टर आक्रमणको १६ वर्षपछि १,६४१ औं मृतकको पहिचान

logo
प्रकाशित २०७४ साउन २४ मंगलबार
world-trade-center.jpg

न्यूयोर्क । अमेरिकाको न्यूयोर्कस्थित वर्ल्ड  ट्रेड सेन्टरमा १६ वर्षअघि भएको आतंककारी आक्रमणमा मारिएका १,६४१ औं व्यक्तिको पहिचान खुलेको छ ।

डिएनए परीक्षणका क्रममा १६ वर्षपछि पुरुष मृतकको पहिचान खुलेको हो । 

न्यूयोर्क शहरस्थित मूख्य मेडिकल परिक्षण कार्यालयले परिवारकै आग्रहमा डिएनए परीक्षण गरिएको जनाएको छ । 

कार्यालयले उक्त घटनामा २,७५३ जनाको मृत्यु भएकोमा १,६४१ जनाको मात्र पहिचान खुलेको छ ।

यसअघि सन् २०१५ मा एक जनाको पहिचान भएको थियो । 

सन् २००१ को सेप्टेम्बर ११ तारिखमा भएको उक्त आक्रमणमा अमेरिकाले झण्डै ३,००० को मृत्यु भएको र हजारौं घाइते भएको बताउँदै आएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ