- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
फिलिपिन्स । फिलिपिन्समा दुई छुट्टाछुट्टै घटनामा दुई दिनमा दुई जना पत्रकार मारिएका छन् ।
यो घटनाले फिलिपिन्स पत्रकारका लागि विश्वमै अन्त्याधिक धेरै खतरा भएको मुलुकका रुपमा चिनिन लागेको अधिकारीहरुले सोमबार बताएका छन् । पछिल्ला दुई घटनामा प्रसारक रुदी अलिकावे र स्तम्भकार लिओ दिअजलाई गोली हानी हत्या गरिएको फिलिपिन्सको राष्ट्रिय पत्रकार सङ्घकी महासचिव दावेत पानेलोले जानकारी दिए । उनले गत बर्ष राष्ट्रपति रोद्रिगो दुटेर्तेले कार्यभार सम्हालेपछि पत्रकारहरुको हत्या भएको यो तेस्रो र चौथो घटना भएको पनि बताए ।
पीडितहरु मोटरसाईकलमा रहेको र अर्को मोटरसाईकलमा आएका बन्दुकधारीले उनीहरुलाई गोली हानी हत्या गरेका थिए । हत्या गरिएका दिअज ६० बर्षका थिए । उनी मनिला ताब्लोइद बालितामा संवाददाता र एउटा स्थानीय सामुदायिक पत्रिकाका स्तम्भकार थिए । उनको हत्या राष्ट्रपतिको दक्षिणी सहर क्विरिनोमा सोमबार भएको उनका एक सहकर्मी फोर्ट यर्रोले जानकारी दिए । दिअज एक जना पुर्वप्रहरी पनि हुन् । उनले राजनीतिक भ्रष्टाचार, अवैधानिक जुवातास, लागु औषध लगायतका बारेमा समाचारहरु लेख्ने गरेको बताइएको छ । उनलाई यसअघि कुनै धम्की आएको बारेमा आफुहरुले थाहा नपाएको उनको भनाई छ ।
हत्या गरिएका अर्का पत्रकार अलिकावे ४७ बर्षको थिए । उनले स्थानीय डिएक्सपिवी रेडियोमा साप्ताहिक अन्तर्बार्ताको कार्यक्रम सञ्चालन गर्दै आएका थिए । उनलाई गत आईतबार मोलाभे सहरमा हत्या गरिएको प्रहरीले जनाएको छ । सरकारी रेडियोका एक जना व्यवस्थापकले अलिकावेले प्रसारण गरेका कार्यक्रमहरुमा कुनै विवादस्पद विषयहरु नरहेको बताए । “उनीमाथि किन यस्तो घटना भयो, हामी आँफै अचम्म परेका छौं, एक जना प्रसारण पत्रकारका रुपमा उहाँ छुचो र कसैलाई रुष्ट बनाउने व्यक्ति हुनुहुन्थेन,” नाभार्रोले भने ।
दुवै जनाको हत्या भएका दुवै ठाउ इस्लामिक लडाकू, कम्युनिष्ट छापामार र राजनीतिक नेताहरु बढी सक्रिया भएको क्षेत्रमा पर्दछ ।सिन्ह्वा