arrow

पाकिस्तानमा हिन्दु सांसदलाई रअ एजेन्टको आरोप

हिन्दु सांसदले धर्म परिवर्तनको विरोध गरेको भन्दै लगाइयो रअ एजेन्टको आरोप

logo
प्रकाशित २०७४ साउन २४ मंगलबार
pak_lawmakerffffffff.jpg

एजेन्सी ।  पाकिस्तानको राष्ट्रिय सभा सदस्य लाल चन्द माल्हीलाई रअ (रिसर्च एण्ड एनालिसिस विंग) को एजेन्ट भएको आरोप लगाइएको छ । उनले पाकिस्तानमा अल्पसंख्यक हिन्दुहरुलाई जबर्जजस्ती धर्म परिवर्तन गराउने बिरुद्ध आवाज उठाएका कारण सो आरोप लगाएको बताइएको छ ।   

सिंधी धर्म गुरु पीर अयूब जां सरहंदीले माल्ही माथि भारतको खुफिया एजेन्सी रअको एजेन्ट भएको आरोप लगाएका हुन् ।  अयूबले पाकिस्तानमा जबर्दस्ती धर्म परिवर्तन गराउने गरेको बताइन्छ ।

यसैबीच पाकिस्तान फेमिनिस्ट एसोसिएशनका फाउण्डर शुमैला एच. शाहनीले भने- 'पाकिस्तानका अल्पसंख्यकको बिरुद्ध यस प्रकारको आरोप लगाउनु र ब्लाकमेल गर्नु उनिहरुको मुख्य योजना हो ।'  

 उनले  ट्विट गर्दै लेखे  , "जब हिन्दू अन्यायको बिरुद्ध आवाज उठाउछन् तब कट्टरपन्थी उनिहरुलाई चुप लगाउन उनिहरुमाथि राष्ट्रविरोधी भएको आरोप लगाउछन् । रअको एजेन्ट भनिनु घृणित भाषण मानिन आवश्यक छ ।"

पाकिस्तानको राष्ट्रिय सभामा अघिल्लो बर्ष एक विधेयक पेश गरिएको छ । सो विधेयकमा सरकारका अल्पसंख्यक समुदायका महिलालाई जबर्दस्ती धर्म परिवर्तन गराउने र उनिसँग विवाह गर्ने माथि रोक लगाउन आवश्यक कानुनको माग गरिएको छ ।

पाकिस्तान तहरीक-ए-इन्साफ पार्टीका सांसद लाल चंद माहीले सो सम्बन्धि विधेयक सदनमा पेश गरेका थिए ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ