arrow

मृतकका परिवारलाई राहत वितरण

logo
प्रकाशित २०७४ साउन २४ मंगलबार
baglung_district.png

बागलुङ । गत शुक्रबार घरमाथिबाट खसेको पहिरामा परी मुत्यु भएकाको परिवारलाई जिल्ला प्रशासन कार्यालय बागलुङले राहत रकम प्रदान गरेको छ । 

मृतकका परिवारलाई जनही रु एक लाख र घर क्षति भएकालाई रु १० हजारका दरले राहत बाँडिएको हो । निसीखोला गाउँपालिका  २ बाहुनगाउँका मृतक ६८ वर्षीय मणिमान छन्त्याल, उनकी श्रीमती ६३ वर्षीया नन्दकली, बुहारी २२ वर्षीय विन्दु र १८ वर्षीया छोरी गीताको परिवारलाई रु चार लाख प्रदान गरिएको छ । मृतक चार जना एकै परिवारका थिए । छन्त्याल परिवारका आफन्त सीता छन्त्यालले उक्त रकम बुझेको वडाध्यक्ष कुवीर विश्वकर्माले जानकारी दिए । 

निसीखोला गाउँपालिका १ स्थित हुल्दीमा पहिरामा ज्यान गुमाउने ७५ वर्षीया खगिसरा सिंजालीको परिवारलाई पनि रु एक लाख प्रदान गरिएको छ । घर क्षति भएबापत उनको परिवारलाई  १० हजारसमेत दिइएको छ । प्रहरी मुचुल्काका आधारमा गाउँपालिका २ का भूपाल छन्त्याल र प्रेम विक तथा ३ का भटे कामी र जुना कामीको परिवारलाई  १०–१० हजारका दरले राहत हस्तान्तरण गरिएको हो । 

सोही दिन आएको पहिरामा परी ज्यान गुमाउने जिल्लाको ढोरपाटन नगरपालिका ५ अधिकारीचौरका ५४ वर्षीय ओमबहादुर विकको परिवारलाई पनि राहत उपलब्ध गराइएको छ । पहिरामा परी निसीखोला गाउँपालिका र ढोरपाटन नगरपालिकामा गरी एकै दिन छ जनाको ज्यान गएको थियो । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ