arrow

उत्तर कोरियाको परमाणु परीक्षण नयाँ खतरा– जापान

logo
प्रकाशित २०७४ साउन २४ मंगलबार
japan-flag-std.jpg

टोक्यो । जापानले उत्तर कोरियाले हालैका दिनमा अघि सारिरहेको परमाणु परीक्षणको काम आगामी दिनमा विश्वका लागि नै नयाँ खतरा हो भनेको छ । 

जापानको रक्षा मन्त्रालयद्वारा सो खतरा औँल्याइएको उक्त मन्त्रालयका तर्फबाट मङ्गलबार सार्वजनिक गरिएको एक प्रतिवेदनमा जनाइएको छ । जापान र उत्तर कोरिया सामुद्रिक सीमाले छुटिएका देश हुन् । जापानले भनेको छ– उत्तर कोरियाको यो आणविक परीक्षण गएको करिब एक दशकयताकै सबैभन्दा खतरनाक अवस्था हो । 

उत्तर कोरियाले निरन्तर रुपमा जापान र उत्तर कोरियाबीचको समुद्रमा क्षेप्यास्त्र परीक्षण गर्ने गरेको छ । सो परीक्षणबाट जापानले अहिलेको विश्वका लागि ठूलो खतराको रुपमा उत्तर कोरिया अघि बढेको पाइएको उक्त प्रतिवेदनमा उल्लेख गरिएको छ । 

उत्तर कोरियाले पछिल्लो समयमा शक्तिशाली क्षेप्यास्त्र परीक्षण गर्ने गरेको छ । गएको करिब दुई वर्षयतादेखि निरन्तररुपमा उसले आणविक परीक्षण जारी राखेको छ । पछिल्लो समय उसले गरेको भनिएको अन्तरमहादेशीय क्षेप्यास्त्रले विश्वमा झन ठूलो खतरा बढाएको पाइएको जापानको रक्षा मन्त्रालयले तयार पारेको सो प्रतिवेदनमा उल्लेख गरिएको छ । 

उत्तरले जारी राखेको क्षेप्यास्त्र परीक्षणको दक्षिण कोरिया र जापानले पनि निन्दा गरेका छन् । यस विषयमा राष्ट्रपति ट्रम्प र जापनका प्रधानमन्त्री सिन्जो आबेबीच हालै फोनवार्ता पनि भएको थियो । उता यस्तो क्षेप्यास्त्र परीक्षणको कारण अमेरिकाको प्रस्तावमा संयुक्त राष्ट्रसंघले उत्तर कोरियामाथि नाकाबन्दी लगाएको छ । उक्त नाकाबन्दीको उत्तर कोरियाले कडा शब्दमा निन्दा गरेको छ । संयुक्त राज्य अमेरिकाले आफ्नो देशका विरुद्धमा हालै लगाएको नाकाबन्दीले आणविक परीक्षणपछिको वार्ताको सम्भावना झन टरेको उत्तर कोरियाले जनाएको छ । एएफपी 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ