arrow

अमेरिकी विदेशमन्त्री टिलर्सन थाइल्याण्डमा

logo
प्रकाशित २०७४ साउन २४ मंगलबार
resk-tillerson.jpg

बैंकक । अमेरिकी विदेशमन्त्री रेक्स टिलर्सन मङ्गलबाार थाइल्याण्डको राजधानी बैंकक पुगेका छन् । 

सन् २०१४ मा थाइल्याण्डमा भएको सैनिक ‘कू’पछि अमेरिकी उच्चस्तरीय व्यक्तित्वको यो पहिलो थाइयाण्ड भ्रमण हो । 

उत्तर कोरियाले संयुक्त राष्ट्रसंघको अन्तर्राष्ट्रिय कानूनी बैधानिक प्रावधानको बारम्बार उल्लङ्घन गर्दै क्षेप्यास्त्र परीक्षण जारी राखेको छ । सो परीक्षणपछि अमेरिकाको प्रस्तावमा संयुक्त राष्ट्रसंघले उत्तर कोरियामाथि नाकाबन्दी लगाएको छ । नाकबन्दीपछि विश्वजगतले नै उत्तर कोरियालाई गर्नुपर्ने कारबाहीको विषयमा जनमत तयार पार्ने भ्रमणका क्रममा विदेशमन्त्री टिलर्सन त्यहाँ पुगेका हुन्न । 

थाइल्याण्ड दक्षिणपूर्वी एसियाली राष्ट्रहरुमध्ये उत्तर कोरियाको राजदूतावास भएको एक राष्ट्र हो । थाइल्याण्ड र उत्तर कोरियाबीच महत्वपूर्ण द्विपक्षीय व्यापार सम्बन्ध रहदै आएको छ । थाइल्याण्डकाको विदेश मन्त्रालयका अनुसार सन् २०१४ मा उत्तर कोरिया र थाइल्याण्डबीच भएको व्यापार एक अर्ब दुई करोड ६० लाख बराबरको थियो । दुई देशबीचको व्यापारलगानी सन् २००९ बाट वृद्धि भएको बताइएको छ । 

थाइल्याण्डको राजधानी बैंककलाई तालिम सञ्जालको रुपमा प्रयोग गर्दै आएका उत्तर कोरियाली फर्महरुलाई कडा कारबाहीको दवाबको लागि अमेरिकी उच्च टिलर्सन पुगेको  भएका बताइएको छ । उनले थाइल्याण्ड प्रवेशका लागि उत्तर कोरियालाई प्रवेशाज्ञामा कडा गर्नको लागि पनि दवाव दिनुहुने बताइएको छ । एएफपी



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ