arrow

चीनमा गएको शक्तिशाली भूकम्पमा कम्तीमा १०० जनाको मृत्यु भएको आशंका, १७५ जना घाइते 

logo
प्रकाशित २०७४ साउन २५ बुधबार
earthquake-china1.jpg

बेइजिङ । चीनको सिचुवान प्रान्तमा गएको ७.० म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी कम्तीमा १०० जनाको मृत्यु भएको आशंका गरिएको छ । 

अहिलेसम्म १३ जनाको मृत्यु भएको निश्चित भएको सिन्ह्वा न्युज एजेन्सीले जनाएको छ । 

भूकम्पमा परी १७५ जना घाइते भएको पनि सिन्ह्वाले बताएको छ । 

चिनियाँ भूकम्प मापन केन्द्र सिइएनसीले जनाए अनुसार स्थानीय समय अनुसार मङ्गलबार राति ९ः २० बजेको समयमा गएको भूकम्पको प्रभाव खासगरी जिउझाइगाओ क्षेत्रमा परेको बताइएको छ । 

जमिनभन्दा जम्मा २० किलोमिटरमात्र गहिराईमा केन्द्रविन्दू भएर गएको भूकम्पमा परी १३ हजार भन्दा बढी घर क्षतिग्रस्त भएको एएफपीले जनाएको छ । 

सन् २००८ मा सिचुवान प्रान्तमा आएको शक्तिशाली भूकम्पमा परी ७० हजार मानिसको ज्यान गएको थियो । 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ