- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
मनिला। फिलिपिन्सको संसदले दक्षिणी फिलिपिन्सको मिन्डानाओमा लागिरहेको सैनिक शासनको अवधि थप लम्बाउन अधिकार दिएसँगै नागरिकको मानवअधिकार हनन्का घटनामा वृद्धिभएको आरोप लगाइएको छ ।
संसदले दुई हप्ताअघि राष्ट्रपतिलाई सो कानुन लम्ब्याउने अनुमति दिएको थियो । त्यसयता यहाँको सेनाले कम्युनिष्ट विद्रोहीमाथि कारबाही गर्ने निहूँमा ज्यादति गरेको बताइएको हो । उक्त क्षेत्रमा वर्षको सुरुदेखि सैनिक शासन लाग्दै आएको छ । यहाँका अधिकारवादीहरुले उक्त निर्णयको विरोध गर्दै आएका थिए । यस शासनको अवधि थप बढाउनका लागि राष्ट्रपतिले संसदसँग अधिकार मागेका थिए ।
फिलिपिन्समा बिगत लामो समयदेखि हिंसा जारी छ । यहाँका कम्युनिष्ट विद्रोहीहरुले सशस्त्र विद्रोह गर्दै आएका छन् । यहाँको हिंसालाई संसारको लामो समयसम्म चलेको विद्रोहका रुपमा लिने पनि गरिन्छ । उनीहरुलाई शान्ति वार्ताका लागि सरकारले बारम्बार आग्रह गरेको भए पनि वार्तामा बस्न मानेका छैनन् । यसअघि पनि समय समयमा वार्ता भए पनि सफल हुन सकेको छैन ।
सो सैनिक शासनको व्यापक विरोध गर्दै आएका कम्युनिष्ट विद्रोहीहरुले विरोधस्वरुप केही हप्तामात्र अघि राष्ट्रपति रोदरिगो दुतेर्तेको सवारीमाथि हमला गरेका थिए । सिन्ह्वा