arrow

कालापानीमा चिनियाँ सेना पठाउने चीनको भारतलाई चेतावनी 

logo
प्रकाशित २०७४ साउन २५ बुधबार
Lipulek_kalapani.jpg

काठमाडौं । चीनले भारतलाई एउटा नयाँ सम्भावनाको चेतावनी दिएको छ । दोक्लामको विषयलाई लिएर चीन र भारतबीच डेढ महिनादेखि चलेको विवाद चर्किँदै जाँदा विवाद  नेपालको कालापानीसम्म पुगेको छ । दोक्लाम क्षेत्रबाट भारतीय सेना फिर्ता हुनुपर्ने माग राख्दै आएको चीनले भारतलाई पटक पटक दिएको चेतावनीले काम नगरेपछि नेपालमाथि भारतले अतिक्रमण गरेको कालापानी र विवादित रहेको कास्मिरमा चिनियाँ सेना गयो भने भारतले के गर्छ ? भनेर प्रश्न गरेको विषय भारतको नवभारत टाईम्सले उल्लेख गरेको छ । 

भारतीय सञ्चारमाध्यमहरुको एक प्रतिनिधिमण्डलसँग चीनका एकजना उच्च कूटनीतिज्ञ वाङ वेन्लीले यस्तो बताएकी हुन् । यस विषयमा दोक्लामबाट भारतीय सेना हटाउनको लागि भारतलाई चीनले पटकपटक धम्की दिने गरेको छ । यद्यपि अहिलेसम्म पनि भारत चीन र भुटानको भूमिबाट बाहिर आएको छैन । यही विषयमा तीनै कूटनीतिज्ञ वाङले नै भुटानले बेईजिङलाई कूटनीतिक तवरबाट नै अहिले विवदित रहेको भूमि आफ्नो नरहेको बताएको दाबी गरेकी थिईन् । सोही समयमा नै चीनको तर्फबाट उनले भारतलाई यस्तो चेतावनी दिएको भारतीय सञ्चारमाध्यमहरुमा समाचार छ । 

पत्रकारहरुसँग वाङले भनिन् ‘घटनाक्रम बदलिँदै गएपछि भुटानीहरु अहिले यो विषयबारे हामीलाई स्पष्टसँग बताउने गरेका छन् कि त्यो अतिक्रमित भएको भनिएको भूमि भुटानी इलाका भित्र पर्दैन ।’ वाङ चीनको विदेश मन्त्रालय अन्तर्गत्को सीमा तथा समुन्द्र विभागकी उपमहानिर्देशक हुन् ।   

उनले थपिन् ‘भुटानीहरुले पनि अनौठो तरिकाले भारतीय सीमाका सुरक्षा बल त्यहाँ आएकोमा अनौठो मानिरहेको छ । उनले आफूले अस्पष्ट रुपमा भुटानी राष्ट्रिय मिडियाले यस बारेमा स्पष्ट सूचना दिने बताईन् ।

उता गत जुन ३० गते भारतीय विदेश मामला मन्त्रालयले एक विज्ञप्ती निकाली भनेको थियो कि ‘जुन १६ मा चीनको राष्ट्रिय जनमुक्ति सेना डोक्लाम क्षेत्रमा प्रवेश गरेको थियो र त्यहाँ सडक निर्माण कार्यमा संलग्न हुन थाल्यो । त्यसमा हाम्रो के बुझाई रह्यो भने त्यहाँ शाही भुटानी सेनाले एकपक्षीय सडक निर्माणलाई स्वीकार गरेको छैन ।’

त्यतिबेला भारतीय विदेश मन्त्रालयले अझ प्राथमिकता दिँदै लेखेको थियो कि भुटानी इलाकामा आएर चीनले रोड बनाउनु सन् १९८८ र १९९८ मा भएको चीन र भुटानबीचको सन्धीको ठाडो उल्लंघन हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ