arrow

जंगली हात्तीको आक्रमणमा १२ वर्षे बालकको ज्यान गयो

logo
प्रकाशित २०७४ साउन २६ बिहिबार
Elephant-1-750x500.jpeg

पर्सा । पर्साको ठोरीमा जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।

बिहीबार बिहान २ बजे नजिकको जंगलबाट गाउँ छिरेको हात्तीले ठोरी ९ इच्छानगरका जुठे प्रजाका १२ बर्षिय छोरा रिजन प्रजाको ज्यान लिएको हो । 

घरमा सुतिरहेको बेला हात्तीले घर भत्काउन थालेपछि भाग्दा उनलाई लखेटेको थियो ।  

उनी कक्षा ४ मा अध्यनरत थिए । ठोरीमा जंगली हात्तीका कारण बर्सेनि मानिसको ज्यान जाने गरेको छ । 

हात्तीको आक्रमणबाट दुर्इ घरमासमेत क्षति पुगेको इलाका प्रहरी कार्यालय ठोरीले जनाएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ