arrow

चीनको भूकम्पमा १९ को मृत्य

logo
प्रकाशित २०७४ साउन २६ बिहिबार
earthquake-china.jpg

चीन । दक्षिणपश्चिमी चीनको सिचुयान प्रान्तमा मङ्गलबार राति गएको भूकम्पमा परी कम्तीमा पनि १९ जनाको मृत्यु भएको समाचार छ । 

उद्वारको कार्य जारी रहेको र बिहीबार सम्ममा १९ को मृत्यु भएको अधिकारीहरुले जनाएका छन् । भूकम्पमा परी ३४७ जना घाइते भएका छन् ।कतिपय घर र संरचना भत्किाएकाले भग्नावशेषमा मानिस खोज्ने क्रम जारी रहेको पनि अधिकारीहरुले जनाएका छन् । 

सिचुवान क्षेत्र पईटकीय इलाका भएकोले त्यहाँ रहेका ठूलो सङ्ख्याका पर्यटक अन्यत्रै लागेका छन् । त्यहाँबाट ५० हजार भन्दा बढी पर्यटक सो क्षेत्र छोडेर अन्त्रै लागेका समाचारमा जनाइएको छ । पर्यटकीय नगरका रुपमा प्रख्यात रहेको दक्षिणपश्चिमी चीनको सिचुयान प्रान्तको जिउजाइगुउ अति नै प्रभावित हुने गरी मङ्गलबार राती सात म्याग्नीच्युडको शक्तिशाली भूकम्प गएको थियो ।उद्वारकर्मीहरुद्वारा दिइएको पछिल्लो जानकारी अनुसार घाइते मध्ये केहीको अवस्था गम्भीर रहेको समाचारमा उल्लेख छ । 

मङ्गलबार राति गएको शक्तिशाली भूकम्पपछि अर्को ठूलो शक्तिशाली धक्का महसुश गरिएको अधिकारीहरुले जानकारी दिएका छन् । सो क्षेत्रमा २४ घन्टामा दुई वटा शक्तिशाली भूकम्पको धक्का महसुश भएकोले स्थानीयमा त्रास फैलिएको थियो । 

पछिल्लो धक्का ६.३ म्याग्नीच्युडको अएको थियो । यस भूकम्पको केन्द्रविन्दु सीनजियाङ्ग प्रान्तको काजकिस्तानको सीमा इलाका नजिकै रहेको जनाइएको छि । सिन्ह्वा 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ