एक वर्ष नवित्दै सडक भत्किनु दुःखद् : मन्त्री बलायर
प्रकाशित २०७४ साउन २६ बिहिबार
585
Shares
काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री वीरबहादुर बलायरले नयाँ सडक बन्दै जानु र सडक बनेको एक वर्ष न वित्दै भत्किनु दुःखद् भएको बताएका छन् ।
सडक बोर्ड नेपालले काठमाडौमा आयोजना गरेको छलफलमा मन्त्री बलाययरले वर्षै पिच्छे एउटै सडक मर्मतका लागि बजेट बिनियोजन हुनु दुख को कुरा हो, –भनेका हुन् ।
बोर्डले “दिगो सडक मर्मत सम्भारमा स्थानिय सरकारको भुमिका एवम दायित्व “ विषयक छलफलमा मन्त्री बलायरलाई डाकेको थियो । मन्त्री बलायरले भने, ‘हामीले बनाएका सडक एक वर्ष पनि न टिक्नुले हाम्रा प्राविधिक र प्रविधिमाथि ठूलो प्रश्न चिन्ह खडा भएको छ ।’
सडक समाजको सभ्यता हो, मन्त्री बलायरले भने, ‘यसको बनावट, मर्मत सम्भारमा सरोकारवाला सबैले ध्यान दिनु पर्दछ ।’ यातायात मन्त्रालय स्थानीय तहसँग मिलेर सडकको सुधारका लागि काम गर्न सँधै तयार हरेको मन्त्री बलायरले बताएका छन् ।