arrow

फेसबुकको करामत: बर्मेली महिला नेपालमा न्याय माग्दै

logo
प्रकाशित २०७४ साउन २६ बिहिबार
facebook.jpg

सुनसरी । भनिन्छ हरेक कुराको सिमा हुन्छ तर सिमा नाघेपछि त्यही कुराले भयङकर रुप पनि लिने गर्दछ आज यस्तै घटना घटेको छ । सुनसरीको धरान १० बिशाल पथमा  ।  धरान १० बिशाल पथ निवासी ईसुन राई र म्यानमार बर्मा घर भएकी युवती मिन्जुयाङग बर्मैलीबीच करिब २ बर्ष अधि फेसबुकमा माया बस्यो र त्यही मायामा दुबैजना डुबे पनि दुबै जना एक अर्कालाई जीवनको पाटो समेत बनाए तर समय बित्दै गएपछि ।


त्यही फेसबुकको माया हाल आएर बर्मेली युवती मिन्जुयाङगको जीवनमा ठुलो पहाड बनेर अडिएको छ ।  त्यो पनि समाजीक संजालकै कारण उनको घर तहसनहस भएको छ । फेसबुक मार्फत चिनेका एक बर्मैली युवतीलाई प्रेमको नाटक मात्र गरेका छैन ती धराने युवकले बिबाह बन्धनमा समेत बाधेर उनीसँग भएको सबै सम्पत्ति सहित आफैले जन्माएको छोरोको माया समेत लुटिदिए ।   मंगलबार धरानको होटल कोरीयन रेष्टुरेन्टमा पत्रकार सम्मेलनमा बर्मैली युवती मिन्जुयाङग न्यायका लागी पहल गरिदिन  पत्रकार सामु हार गुहार समेत गरिन ।

 
नेपाली भाषा भेषभुषा समेत नबुझेकी ती युवती धराने युवा इसुनको माया जालमा परेर सारा संसार त्यागेपनि तीनै राई आज उनलाई बेनाम बनाउन खोजेको आरोप उनको छ ।  सम्मेलनमा उनले भनिन करिब २ बर्ष पहिले मेरो र धराने युवक ईसुन राईको फेसबुकमा माया बस्यो त्यसपछि मैलैनी ती युवकलाई मेरै कमाईको पैसाले सिंगापुरमा टयुरीष्ट भिषामा सिंगापुर बोलाए र  हाम्रो भेट भयो त्यस्पछि हामी अझ गहिरो मायामा पस्यो अनी  केही समय पछि हामी सुनसरीको धरान आएर होटल ड्रिम ल्याण्डमा बिबाह पनि गर्‍यौ ।


बिबाह हुदा सम्म राम्रै थियो । बिबाहको करिब १ बर्षपछि छोरा ईथन राईको जन्म भयो । त्यती बेला सम्म सिगापुर पुगिसक्ने मेरो भिषाको समय पनि कम भएकाले म मेरो छोरा ४५ दिनको हुदा आफना बच्चा बुवा ईसुन राईलाई जिम्मा लगाएर भिषाको समय थप्न सिंगापुर गए र त्यही काम पनि गर्न थाले त्यती मात्र नभएर आफना बच्चा हेरचाह तथा श्रीमान राईका लागी पटक पटक गरी करिब ८ लाख रुपैया समेत पठाए आफना बच्चाको जन्म दिनको पार्टीको फेटो देखाउदै उनले भनिन ।

बर्मेली युवती मिन्जुयाङगका अनुसार पछि काम गर्नै समय सकिएपछि सुनसरीको धरान आए र श्रीमान संग नै बस्न खोजेपनि आफना श्रीमान ईसुन राई तथा तीनका परिबारले उनलाई आफना घरकी बुहारी स्विकार गर्न नचाहेको तथा आफुलाई पटक पटक पिडित बनाएको सुनाईन ।


उनले भनीन मलाई मेरो श्रमिानले बारम्बार धम्की दिदै आएको छ तिमी बिदेशी नारिक हौ नेपालमा तिमिले केही गर्न सक्दैनौ जे गर्न मन लाग्छ गर तर तिमी मेरो श्रीमती होईन ? यती मात्र नभएर तीनका घर परिबारमा सासु गंगा राई तथ दिदि करुणा राईले समेत बुहारी स्वीकर नगरेकी बताईन । उनले भनिन् ईसुन राईले मलाई मेरो पैसाका लागी मात्र माया गरेको जस्तो थियो । उसलाई पैसा नै चाहिन्थ्यो भने किन झुठो माया देखायो मलाई मेरो बैबाहिक नाता प्रमाणित गरिदिनुपर्‍यो र मेरो छोरा मलाई दिनुपर्‍यो ।


समाजिक न्यायको खोजीमा रहकि मिन्जुयाङगका अनुसार उनलाई १ बर्षिय छोरासँग समेत भेटन दिईएको छैन भने घरबाट समेत निकाला गरिदिएको छ । उनी हाल बर्मैली राजदुताबासको सहयोगमा धरान १० मै डेरा गरी बस्दै आएकी छिन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ