चीनमा बस दुर्घटनामा परी ३६ जनाको मृत्यु, १३ घाइते 

प्रकाशित मिति : २०७४ श्रावण २७ शुक्रबार
तस्वीर – एजेन्सी

झाङ्जी । चीनमा एक बस दुर्घटना हुँदा कम्तीमा ३६ जनाको मृत्यु भएको छ । 

शुक्रबार बिहान उत्तरपश्चिमी चीनको झाङ्जी प्रान्तमा बिहीबार राति भएको उक्त भयानक दुर्घटनामा १३ जना घाइते भएको सिन्ह्वा समाचार एजेन्सीले जनाएको छ । 

कोच बस क्विन्लिन टनेलको पर्खालमा ठोक्किएको थियो । 

घाइतेहरुको अस्पतालमा उपचार भइरहेको छ ।

 उद्धार अझै जारी रहेको चिनियाँ संचारमाध्यमले जनाएका छन् । 
 

नयाँ