arrow

डोक्लाम बारे चीनलार्इ भुटानको काउन्टर जवाफ

logo
प्रकाशित २०७४ साउन २७ शुक्रबार
bhutan.JPG

काठमाडौं । भुटानले दोक्लाम प्रकरणबारे चीनलाई काउन्टर गर्नेगरी विज्ञप्ती जारी गरेको छ। भुटानी विदेश मन्त्रालयले बिहीबार जारी गरेको विज्ञप्तीमा चिनियाँ पक्षले दाबी गरेजस्तो आफूहरुले दोक्लामको विवादित भूमि चीनकै हो भनेर नस्वीकारेको स्पष्ट पारेको हो। उसले त्यो भूमि आफ्नो भएको समेत दाबी गरेको छ।

केहीदिन अघि भारतीय सञ्चारमाध्यमहरुको एक प्रतिनिधिमण्डलसँग चीनका एकजना उच्च कूटनीतिज्ञ वाङ वेन्लीले भुटानले बेईजिङलाई कूटनीतिक तवरबाट नै अहिले विवादित रहेको भूमि आफ्नो नरहेको बताएको दाबी गरेकी थिईन्। यद्यपि उनले त्यसको लागि पर्याप्त प्रमाण भने देखाउन सकेकी थिईनन्  यस अघि चीनले डोक्लाम क्षेत्रमा सडक विस्तार गर्दा भुटानले नै चीन सरकारको कामको प्रतिवाद गरेको थियो। त्यतिबेला भुटानले दुईदेशीय सन्धी समेत चीनले भंग गरी सडक बनाएको बताएको थियो। भुटानले यही विषयलाई ख०डन गर्दै सो भूमि आफ्नो रहेको बताएको हो।  

पत्रकारहरुसँग वाङले भनेकिथिईन् ‘घटनाक्रम बदलिँदै गएपछि भुटानीहरु अहिले यो विषयबारे हामीलाई स्पष्टसँग बताउने गरेका छन् कि त्यो अतिक्रमित भएको भनिएको भूमि भुटानी इलाका भित्र पर्दैन।’ वाङ चीनको विदेश मन्त्रालय अन्तर्गत्को सीमा तथा समुन्द्र विभागकी उपमहानिर्देशक हुन्।   



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ