arrow

भाषण गर्दै मन्त्रीले भने - यो काम गर्ने यूग हो, भाषण गर्ने होईन

logo
प्रकाशित २०७४ साउन २७ शुक्रबार
mahendra_bahadur_sahi.jpg

काठमाडौं। उर्जामन्त्री महेन्द्र बहादुर शाहीले यूवाहरु मुलुक निमार्णका लागि गम्भिर बन्नुपर्ने बताएका छन् । यूवा गैर सरकारी संस्था महाँसंघ नेपालले राजधानीको पर्यटन बोर्डमा आयोजना गरेको यूवा सम्मेलन २०७४ को सम्बोधन गर्दै मन्त्री शाहीले यस्तो बताएका हुन।

यूवाहरुले अरुलाई दोष दिएर मात्रै मुलुक निमार्ण नहुने बताउँदै मन्त्री शाहीले भने,‘यूवाहरु विहानीका घाम हुन, बृद्धाहरु अस्ताउन लागेका घाम हुन, यूवाको काँधमा मुलुकको ठुलो भूमिका छ, अबको यूग भनेको कामगर्ने यूग हो, भाषण गर्ने यूग होईन।’

मन्त्री शाहीले अघि थपे,‘म उर्जा मन्त्री भएको नाता यस क्षेत्रमा धेरै काम गर्नुपर्नेछ, म प्रयास गरिरहेको छु, हाम्रो खोलामा पानी बगेको छ, खेतबारी बाँझो छ, खोलामा पानी बगेको छ खाने पानी छैन्, खोलामा पानी बगेको छ हामी अँध्यारोमा बस्न बाध्य छौँ, त्यसैले हामि भाषणगर्नु भन्दा पनि कामगर्न तर्फ लागौ यसैमा सबको भलो हुनेछ।’


उनले भने,‘स्व.पूर्वप्रधानमन्त्री गिरिजाप्रासद कोईराला पाको उमेरमा पनि जोशिलो हुनुहुन्थ्यो, आज हामीले सहभागिताको लागि कुरा गरिरहेका छौँ, कर्तव्यवान र नैतिकवान हुन सकेका छैनौ, यूवाहरु सक्रिय हुनुपर्छ, गुनासो गरेर मात्रै हुँदैन।’

उनले अघि थपे,‘राजनीतिमा यूवाको सहभागिता नभएको कहाँ होर, हाम्रा यूवा नेतासँग भिजन छैन्, अबका यूवाले बलियो भरपर्दो, शसक्त तरिकाले आफुलाई उभ्याउन सक्नुपर्छ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ