arrow

चूडामणि शर्मालाई थुनामुक्त गर्न सर्वाेच्चको आदेश 

logo
प्रकाशित २०७४ साउन २७ शुक्रबार
Chudamani-Sharma1.jpg

काठमाडौं । आन्तरिक राजश्व विभागका निलम्बित महानिर्देशक चूडामणि शर्मालाई थुना मुक्त गर्न सर्वाेच्चले आदेश जारी गरेको छ । बिहीबार न्यायाधीश दीपकराज जोशी, दीपककुमार कार्की, केदारप्रसाद चालिसे, शारदाप्रसाद घिमिरे र अनिलकुमार सिन्हाको बृहत् पूर्ण इजलाशले सुनुवाइ सकेको भएपनि शुक्रबार मात्रै फैसला सुनाएको हो । सर्वाेच्चका प्रवक्ता महेन्द्र उपाध्यायले यस्तो आदेश जारी भएको जानकारी दिए ।  

कर फर्च्छ्योट आयोग तथा अन्य विभिन्न काममा भ्रष्ट्राचारजन्य काम गरेको आरोपमा  अख्तियारको हिरासतमा रहेका शर्मालार्इ गैर कानूनी रुपमा थुनामा राखिएको भन्दै उनकी श्रीमती कल्पना उप्रेती शर्माले बन्दी प्रत्यक्षीकरणको मुद्दा हालेकी थिर्इन् । उक्त रिटमा सर्वोच्चमा संयुक्त तथा पूर्ण इजलासमा बहस भएको थियो । सर्वोच्च अदालतले यस अघिनै शर्मालाई अख्तियारको हिरासतबाट छुटाएर प्रहरी हिरासतमा राख्ने आदेश दिएको थियो । विशेष अदालतमा अख्तियारले दायर गरेको मुद्दालाई पनि यथास्थितिमा राख्ने आदेश सर्वोच्च अदालतले दिएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ