arrow

बाढी पहिरोले देशभर ३२ जनाको मत्यु, गृह मन्त्रालयमा आकस्मिक बैठक

logo
प्रकाशित २०७४ साउन २८ शनिबार
Home_ministry_nepal.jpg.jpeg

काठमाडौं । अविरल वर्षाले निम्त्याएको बाढी र पहिरोको विनासले देशका विभिन्न जिल्लामा ३२ मृत्यु भएको छ ।  झापामा ४, मोरङमा ३, सुनसरीमा ७, बारामा १, सर्लाहीमा १, बाँकेमा ३, पाँचथरमा ३, दाङमा १, सिन्धुलीमा ४, पाल्पामा १, र बर्दियामा १ जनाको बाढी पहिरोमा परी मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ । १२ जना अझै हराइरहेका छन् ।  

गृहमन्त्री जनार्दन शर्माले बाढी प्रभावित क्षेत्रका लागि विमानस्थलमा खाद्यान्न तथा उद्धार सामाग्रीहरु तयारी अवस्थामा राखे पनि मौसम प्रतिकुल भएकाले पठाउन नसकिएको बताएका छ ।

गृहमन्त्री शर्माले नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको उद्धार टोलीलाई प्रभावित क्षेत्रमा खट्नका लागि निर्देशन दिएका छन् ।

गृहमा आकस्मिक बैठक
बाढीको विनासपछि गृहमन्त्रालयमा आकस्मिक बैठक बसेको छ । बैठकले सप्तकोशीका ५६ वटै ढोका खोल्न पहल गर्ने निर्णय गरेको छ । अहिले कोसी व्यारेजका ३४ वटा ढोका मात्रै खोलिएका बताइएको छ । बाढी पहिरो पीडितको उद्धार र राहतमा कुनै पनि कसर बाँकी नराख्न सम्बिन्धित निकायलाई निर्देशन दिइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ