मकवानपुर पनि पहिरोको चपेटामा, पुरिएर एकै परिवारका छ जनाको मृत्यु
प्रकाशित २०७४ साउन २९ आइतबार
255
Shares
हेटौँडा । मकवानपुर जिल्लाको पूर्वी भेगमा पर्ने बकैया गाउँपालिका–१० मन्थलीमा आइतबार बिहान वर्षासँगै आएको पहिरोमा पुरिएर एकै परिवारका छजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, मकवानपुरले जनाएको छ ।
मृत्यु भएका परिवारको विवरण लिन ठिङ्गनबाट घटनास्थलतर्फ प्रहरी टोली गइसकेको र थप विवरण आउन अझै केही समय लाग्ने भएको जिप्रका मकवानपुरका प्रहरी नायब उपरीक्षक वामदेव गौतमले जानकारी दिए । रासस