पाँचथरमा बाढीले बगाउँदा एक जना वेपत्ता,एकको मृत्यु
अहिले सम्म ४ वेपत्ता
जितेन्द्र भण्डारी,
प्रकाशित २०७४ साउन २९ आइतबार
442
Shares
पाँचथर । बाढीले बगाउँदा पाँचथरमा एक जना बेपत्ता भएका छन् । शुक्रबार साँझ माछा मार्न गएका फिदिम नगरपालिका १० का ५९ बर्षीय मनराज केरुङ बेपत्ता भएका हुन् । प्रहरी र स्थानियले खोजी गर्दा पनि उनी ३ दिन सम्म फेला पर्न नसकेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायव उपरिक्षक नकुल पोख्रेलले वताए ।
अहिले सम्म पाँचथरमा पहिरो र वाढीका कारण मृत्यु हुनेको संख्या एक रहेको छ भने बेपत्ता हुनेको संख्या ४ पुगेको छ । शुक्रबार बेपत्ता भएका फालेलुङ गाउँपालिका वडा नम्बर ३ मा बेपत्ता भएका विष्णु भक्त राई,उनकी छोरी गंगा र नातिनी प्रियाको खोजी कार्य जारी रहेपनि अहिले सम्म फेला पार्न नसकिएको प्रहरीले जनाएको छ ।
यस्तै फालेलुङ गाउँपालिका वडा नम्बर १ का ८३ वर्षिय त्रिलोचन विकको पहिरोमा परी ज्यान गएको थियो । निरन्तर भइरहेको बर्षाका कारण वाढी र पहिरोले जिल्लाको जनजिवन प्रभावित हुनेको छ ।