arrow

महोत्तरीको कारागारमै १० फिटसम्म पानी, सरकारी कार्यालयमा ५ फिट

logo
प्रकाशित २०७४ साउन २९ आइतबार
badhi_janakpur.jpg

काठमाडौं । महोत्तरीमा बाढी शहर पसेपछि जलमग्न बनेको महोत्तरीको जलेश्वरमा रहेका २ दर्जन सरकारी कार्यालय भित्रै ५ फिट सम्म पानी आईपुगेको छ । जिल्लाका कूल २ हजार घर डुवानमा परिसकेका छन् । बाढीमा परी जलेश्वर नगरपालिका वडा नं २ का विक्की कुमार ठाकुरको ज्यान गईसकेको छ ।  

जिल्लाका कूल २ सय घर पूर्ण क्षति भएको छ भने ५ सय घरमा आंशिक क्षति पुगेको छ । ८ सय विस्तापित अहिले विस्थापित रहेका छन् । महोत्तरीमा रहेको १० नगरपालिका र ५ गाउँपालिका मध्ये सबैभन्दा बढी जलेश्वर, मटियानी, वलवा, रामगोपालपुर नगरपालिकामा बाढीको उच्च क्षति भएको छ ।  

सरकारी कार्यालयमा ५ फिटसम्म पानी परेपछि अहिले त्यहाँका सबै महत्वपूर्ण कागजातहरु भिजेका छन् । त्यस्तै, कारागारमा १० फिट पानी परेपछि ५ सय २ जना कैदीहरुलाई अहिले माथिल्लो तल्लामा लगेर राखिएको स्थानीय पत्रकार कमलेश कुमार मण्डलले जानकारी दिए । अहिले राजमार्गमा पर्ने रातोपुल र लक्ष्मीमियाँ भाँचिएका छन् भने जंगाहा पुल भने बगाएको छ । 

त्यस्तै, अहिले जनकपुर जलेश्वर सडक खण्ड, मटिहानी जलेश्वर, वर्दीवास जलेश्वर पूर्ण रुपमा डुवानमा परेपछि अहिले सडक पूर्ण अवरुद्ध रहेको छ । यो सबै बाँके, मराहा, जंगाहा, विगिहि र रातो नदीमा आएको बाढीका कारण भएको हो । 
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ