arrow

विहार जोगाउन नेपाल डुबाएपनि रोकिएन कोशीको बाढी, विहारमा झनै दर्दनाक पीडा 

logo
प्रकाशित २०७४ साउन ३० सोमबार
bihar_duban.JPG

काठमाडौं। भारतले विहार जोगाउन कोशी बाँधका ढोका नखोलेर नेपाल डुबाएपनि कोशीले भारतको विहारमा पनि विध्वंश मच्चाउन भने छाडेको छैन । अहिले बाढीका कारण विहारमा झनै दर्दनाक पीडा रहेको छ । 

अहिले विहारमा बाढीको चपेटामा १० लाख मानिस रहेका छन् । अहिले विहारका मुख्यमन्त्री नीतीश कुमार हवाई यात्रामा निस्किएका छन् । पछिल्लो २४ घण्टामा यति धेरै वर्ष भयो कि विहारका कुनैपनि गाउँ यस्तो नहोला कि जहाँ बाढीले नडुबाएको होस् । विहारका कैयौं जिल्लाका गाउँहरु बाढीमा डुबेका छन् । 

त्यहाँको मौसम विभागले अझै चार दिन त्यहाँ उच्च पानी पर्ने जनाएको छ । दरभंगा, मोतिहारी, सीतमढी तथा शिवहर अररिया, किशनगंज जिल्लाका अधिकांश गाउँ डुबेको छ । अहिले कम्मरसम्म पानीले डुबाएका सीमा सुरक्षा बल एसएसपीका जवानहरु सीमाको सुरक्षा गरिरहेको तस्वीर एविपी न्यूजले देखाएको छ । 

खोला छाडेर सडकमा उर्लिएको पानीको भेलका कारण विहारमा कैंयौं मानिसहरु जोखिमपूर्ण जीवन विताईरहेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ