arrow

बाढीपीडितहरुको लागि सत्ता पक्ष र विपक्षी दलका विद्यार्थीहरु मिलेर काम गर्ने

logo
प्रकाशित २०७४ साउन ३० सोमबार
all_student_meeting.jpg

काठमाडौं । सत्ता पक्ष तथा विपक्षी विद्यार्थीहरु बाढीपीडितको लागि मिलेर काम गर्ने निर्णय गरेका छन् । सोमबार अनेरास्ववियुको केन्द्रीय कार्यालयमा बसेको संयुक्त विद्यार्थी संघको बैठकले सँगै मिलेर राहत तथा उद्दारको कामा गर्ने निर्णय गरेका हुन् । 

अनेरास्ववियुका प्रवक्ता आरसी लामिछानेका अनुसार र्बैठकले ३ बुँदे निर्णय गरेको छ । बैठकबाट प्रभावित २६ जिल्लामा सबै संगठनहरू संयुक्तरूपमा परिचालित हुन निर्देशन दिने लगायतको निर्णय गरिएको छ । 

संयुक्त विद्यार्थी संगठनको सोमबार बसेका निर्णयहरु यस्ता छन् । 

१. तत्काल उद्दार तथा राहत उपलब्ध गराउन र कोशी बाँधका ढोका खोल्ने कुटनीतिक पहल गर्न नेपाल सरकारलाई ज्ञापनपत्र बुझाउने निर्णय गरिएको छ ।

२। प्रारम्भमा विद्यार्थी संगठनहरूको तर्फबाट तीन लाख पचास हजारको राहत कोष निर्माण गरियो । साथै जननिर्वाचित ९ सांसद, स्थानीय तहका जनप्रतिनिधि० हरूले १ महिनाको र  राष्ट्र सेवक कर्मचारीले १ हप्ताको तलव नेपाल सरकारको  राहत कोषमा उपलब्ध गराउन अपिल गर्ने निर्णय गरियो । 

३० प्रभावित २६ जिल्लामा सबै संगठनहरू संयुक्तरूपमा परिचालित हुन निर्देश गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ