इपीएको फोटो कथा, जहाँ बालकलाई गाड्ने ठाउँ नभएर बाढीमै बगाईयो
प्रकाशित २०७४ साउन ३० सोमबार
199
Shares
काठमाडौं। युरोपियन फोटो एजेन्सीले कोशी नदीमा खिनेको एउटा तस्वीर यतिबेला चर्चामा छ। एजेन्सीको लागि पत्रकार नरेन्द्र श्रेष्ठले खिचेको सो तस्वीरमा एउटा बाढीका कारण मरेको बालकलाई गाढ्ने ठाउँ नभएर सोही बाढीमा बगाएर छाडिएको छ।
सप्तरीको कोइलाडी –६ का ८ वर्षीय कमल सदाको तस्वीर श्रेष्ठले खिचेका हुन्। उनको परम्परा अनुसार सदालाई पुर्नुपर्ने हो। तर, पुरै जलमग्न बनेको तराईमा ज्यान गएका उनलाई परिवारले बगाईदिएका थिए।