arrow

सभामुख र उपसभामुखको निर्वाचन शुक्रबार हुने

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
289330863.jpeg
काठमाडौँ । व्यवस्थापिका–संसद्को सभामुख र उपसभामुखमा दलहरुबीच सहमति कायम हुन नसके यही असोज २९ गते शुक्रबार ती पदका लागि निर्वाचन हुने भएको छ । व्यवस्थापिका–संसद्को आजको बैठकको अध्यक्षता गर्नुभएका ज्येष्ठ सदस्य लक्ष्मण राजवंशीले निर्वाचनबारे बैठकलाई जानकारी गराउँदै त्यसका लागि आवश्यक व्यवस्था मिलाएर प्रक्रिया अघि बढाउन संसद् सचिवालयलाई निर्देशन दिनुभयो । 
 
सभामुख र उपसभामुखका लागि दलहरुबीच सहमति कायम गर्न भोलि बिहीबार ३ बजेसम्मको समय प्रदान गरिएको छ । सहमति हुन नसकेको खण्डमा असोज २९ गते दिउँसो ३ बजे सभामुखको र सोही दिन अपराह्न ५ बजे उपसभामुखको निर्वाचन गराइने जानकारी राजवंशीले दिनुभयो । 
प्रमुख राजनीतिक दलबीच संविधान जारी गर्ने सन्दर्भमा भएको सहमतिलाई नयाँ संविधानले अनुमोदन गरेपछि सभामुख र उपसभामुखको निर्वाचन हुन लागेको हो । 
 
नयाँ संविधान जारी भएको २० दिनभित्रै सभामुख र उपसभामुखको निर्वाचन हुनुपर्ने संवैधानिक व्यवस्था रहेको छ । निर्वाचन कार्यक्रम संसद् सचिवालयले आजै तय गर्नेछ । नयाँ सभामुख र उपसभामुखको निर्वाचन र चयन प्रक्रियाका लागि बहालवाला सभामुख र उपसभामुखबाट राजीनामा दिने काम आजै भइसकेको छ ।
 
बैठकमा दुवैको राजीनामासम्बन्धी पत्रहरु पढेर सुनाइको थियो । यसअघि बैठकमा ज्येष्ठ सदस्य राजवंशीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा गठन भएको मन्त्रिपरिषद्सम्बन्धी पत्र पढेर सुनाउनुभएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ