arrow

सिएरा लियोनमा पहिरोमा परी कम्तीमा ३१२ जनाको मृत्यु, दर्जनौं घर पुरिए

logo
प्रकाशित २०७४ साउन ३१ मंगलबार
sierra-leone.png

फ्रिटाउन । सिएरा लिओनमा व्यापक बर्षापछि आएको बाढी र पहिरोमा परी सोमबार ३०० भन्दा बढी व्यक्तिको मृत्युभएको छ । 

एएफपीका घटनास्थलमा उपलब्ध सम्वाददाताले जनाए ३१२ मृत शरिरलाई घटनास्थलबाट स्थानीय एक अस्पतालमा पुर्‍याइएको छ । 

सिएरा लियोनको राजधानी फ्रिटाउनको पश्चिमी भाग रेजेन्टमा दर्जनौं घरहरू पुरिएका जनाउदै उनले सो ठाउँमा सयौँ मानिस पुरिएको प्रारम्भिक जानकारी रहेको जनाएका छन् । 

व्यापक बर्षापछि ठूलो पहाड मानवबस्तीमा खस्दा सयौँको माटोले पुरिएर निधन भएको यहाँका उपराष्ट्रपति भिक्टर बोकारी फोहले जनाए । 

पहिरोले धेरै घर पुरेको छ भने पहिरोमा पुरिएका मानिसहरूको उद्धार जारी रहेको छ, फोहले बताए । 

घटनामा थुप्रै अन्य मानिस परेको हुनसक्ने जनाइएको छ । 

पहिरोबाट ३०० भन्दा बढी लासहरू उद्धार गरी कोन्नाट अस्पतालको मूर्दा घरमा पु¥याइएको अस्पताल स्रोतले जनाएको छ । 

उद्धारमा सेना तथा प्रहरीका सयौं अधिकारी तथा स्थानीय स्वयम्सेवक खटाइएको सिएरा लियोनको राष्ट्रिय टेलिभिजन च्यानलले जनाएको छ । 

घटना राति सुतिरहेको समयमा भएकाले कैयौँ व्यक्ति निदाएका वेला घरभित्र पुरिएका थिए । 

Flooded streets in Regent near Freetown, 14 August 2017.

Map shows the location of the capital of Sierra Leone, Freetown



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ