arrow

बाढीले बगाएका बेपत्ता तीन वृद्धा अझै भेटिएनन्

logo
प्रकाशित २०७४ साउन ३१ मंगलबार
Morang_District.png

उर्लाबारी । मोरङको सुन्दरहरैचा–४ मा बाढीले बगाएर शनिबारदेखि बेपत्ता तीन वृद्धा अझै भेटिएका छैनन् । 

बूढीखोलामा आएको बाढीले स्थानीय लक्ष्मीनारायण शिव पाञ्चायन जानकी मन्दिर बगाउँदा सो मन्दिरमा बस्दै आएका ८७ वर्षीया गोमा कार्की, ८९ वर्षीया पुण्यमाता दाहाल र ७१ वर्षीया सीता थापामगर बेपत्ता भएका हुन् । 

बूढीखोला पूर्वतर्फ रहेको मन्दिर बाढीले बगाउँदा बेपत्ता भएका उनीहरु अझै फेला पर्न नसकेको र खोजीकार्य भइरहेको सुन्दरहरैचा नगरपालिकाका प्रमुख शिवप्रसाद ढकालले जानकारी दिए ।

बाढीले सो क्षेत्रका १६३ घर डुबानमा परेका थिए । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ