arrow

झापाका आठ सय बढी बाढीपीडितलाई राहत प्रदान

logo
प्रकाशित २०७४ साउन ३१ मंगलबार
jhapa-floog.jpg.jpeg

झापा। अविरल वर्षाका कारण आएको बाढीले विस्थापित झापाका सात नगरपालिका र छ गाउँपालिका बाढीपीडितलाई नेपाल रेडक्रश सोसाइटीसहित विभिन्न सामाजिक संघसंस्थाले राहत वितरण गर्न थालेका छन् । 

हालसम्म जिल्लाका ८०० भन्दा बढी बाढीपीडितलाई राहत तथा सहयोग उपलब्ध गराइएको नेपाल रेडक्रश सोसाइटी झापा शाखाले जनाएको छ । अन्य बाढीपीडितलाई राहत उपलब्ध गराउने कार्य भइरहेको रेडक्रशका जिल्ला सभापति लोकराज ढकालले जानकारी दिए । 

उद्योग वाणिज्य संघ, नेपाल रेडक्रश सोसाइटी सुरुङ्गा उपशाखा, नेपाल जेसिस र विद्युत् व्यवसायी संघले झापा गाउँपालिकापा ३, ७ सिमलबाडीका ३० परिवारलाई राहत उपलब्ध गराएको छ । ती संस्थाले बाढीपीडितलाई मुरइ २० बोरा, चिउरा सात बोरा, पानी १५ कार्टुन, बिस्कुट पाँच कार्टुन, चाउचाउ १० कार्टुन उपलब्ध गराएको र झापा गाउँपालिका ७ मदरगाछका १०० बाढीपीडितलाई मुरइ १० बोरा, चाउचाउ १५ कार्टुन, बिस्कुट तीन कार्टुन, त्रिपाल १० थान उपलब्ध गराएको छ । 

त्यस्तै, भद्रपुर नगरपालिका ८ का २८ परिवार, भद्रपुर ५ का ७६ परिवार, भद्रपुर ३ का २६ परिवारलाई प्रतिपरिवार एक-एक थान त्रिपाल र कम्बल, झापा गाउँपालिकाका ६० परिवारलाई प्रतिपरिवार एक थान त्रिपाल र ३६ वटा म्याट वितरण गरिएको सभापति ढकालले बताए । 

त्यस्तै हल्दिबारीका छ परिवारलाई छ थान, कचनकवल ४ का विस्थापित परिवारलाई २०० थान त्रिपाल, गौरीगञ्ज १ का विस्थापित परिवारलाई १९४ थान त्रिपाल र ८० थान कम्बल, बिर्तामोड २ का विस्थापित परिवारलाई ३० थान त्रिपाल, १५ थान कम्बल र तीनवटा म्याट, झापा ७ चौधरी गाउँका १२ परिवारलाई एनएफआरआइ फुलसेट, कन्काइ नगरपालिका सुरुङ्गास्थित ३९ परिवारलाई ३९ त्रिपाल, ३९ कम्बल प्रदान गरिएको जनाइएको छ । 

त्यस्तै, भद्रपुर उच्च माविमा रहेका ७६ परिवारलाई भद्रपुर नगरपालिका, मारवाडी युवा समाज तथा स्थानीयवासीको सहयोगमा बिहान–बेलुकाको खाना तथा खाजाको व्यवस्था गरिएको छ भने बिर्तामोड नगरपालिकास्थित विर्तामोड टाइम स्क्वायर होटलमा रहेका ६५ परिवारलाई विर्तामोड रेडक्रश उपशाखाले खानाको व्यवस्था गरेको छ । 

झापामा बाढीका कारण ११ जनाको मृत्यु, चार जना बेत्तपा र एक हजार ८९६ विस्थापित भएका छन् भने १२ घर पूर्णरुपमा क्षति भएको छ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ