arrow

कांग्रेस नेता निधि अस्पताल भर्ना

logo
प्रकाशित २०७४ साउन ३१ मंगलबार
NIDHI.jpg

काठमाडौं ।  सोमबार राति अचानक स्वास्थ्यमा समस्या आएपछि नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि अस्पताल भर्ना भएका छन् । 

नेता निधिलाई हिजो राति ८ः३० बजे राजधानीको चाबहिलस्थित ओम अस्पताल भर्ना गरिएको हो । उनलाई ओम अस्पतालको बेड नम्बर २०४ मा राखिएको छ । उनको उपचारमा अस्पतालका डाक्टर राहुल पाठक संलग्न छन् । 

अचानक पेट  दुखेर अस्पताल पु¥याइनु भएका निधिलाई ग्यासट्राइटिस शिभियरको समस्या देखिएको उपचारमा संलग्न डाक्टरको भनाई छ । नेता निधिको भोलि बिहान इन्डोस्कोपी गर्ने डाक्टरले जानकारी गराएका छन् । उपचारमा संलग्न डाक्टरका अनुसार नेता निधिले केही दिन आराम गर्नुपर्ने हुन्छ ।  
पूर्ब उपप्रधान एवं गृहमन्त्री समेत रहेका कांग्रेस नेता निधि आज बिहान बाढी प्रभाबित तराईका जिल्लामा जाने कार्यक्रम रहेको थियो । स्वास्थ्यमा समस्या आएपछि सो कार्यक्रम स्थगित गरिएको छ ।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ