arrow

खाना पकाउने ग्याँस सिलिन्डर पड्किँदा दुई घर जलेर खरानी

logo
प्रकाशित २०७४ साउन ३२ बुधबार
gas-cylinder.jpeg

नुवाकोट । खाना पकाउने ग्याँस सिलिन्डर पड्किँदा शिवपुरी गाउँपालिका–७ सुनखानीको पन्तथोकमा दुई घर जलेर नष्ट भएको छ । 

खाना पकाउँदै गरेको समयमा सिलिन्डर पड्किएर आगलागी हुँदा राजेन्द्र भण्डारी र उनका भाई अरुणको घर पूर्ण रुपमा जलेर नष्ट भएको हो । 

आगलागीबाट नगद, सुनचाँदी, लत्ताकपडा, भाँडाकुँडा गरी रु १५ लाखभन्दा बढीको क्षति भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक ऋषिराम कँडेलले जानकारी दिए । 

सिलिन्डर पड्केर आगलागी भए पनि कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ