पुनर्वासमा फेरि सुरु भयो हात्ती आतंक, ३ घर भत्कायो, १२ परिवारको विचल्ली
दीपेन्द्र बस्नेत,
प्रकाशित २०७४ साउन ३२ बुधबार
637
Shares
पुनर्वास । कञ्चनपुरको दक्षिणी भेगको पुनर्वास नगरपालिका ६ स्थित ङ गाउँमा मंगलबार राती आएको जंगलीहात्तीको बथानले ३ घर भत्काएर दर्जनौं परिवारको घर तथा अन्नबालीमा क्षती पुर्याएको छ ।
सीमावर्ती भारतीय दुदुवा राष्ट्रिय निकुञ्जबाट आएको हात्तीको बथानले मंगलबार राती करिव १२ बजे पुनर्वास नगरपालिका वडा नम्बर ६ स्थित सुकुम्बासी डाँडा गाउँ स्थित बस्तीमा प्रवेश गरि बितण्डा मच्चाउन सुरु गरेको जंगली हात्तीको बथानले स्थानीय हरिकला कामी, पुर्णमाया विक, र दिनेश विकको घर हात्तीले पुर्णरुपमा भत्काईदिएको छ ।
रातभर स्थानीयलाई आतंकित बनाउदै आएको जंगली हात्तीको बथानले कृषकको अन्न्बाली धान, मकै, तिल, मास लगायतका खेतीमा समेत नोक्सानी पुर्याएको छ । राती सुतिरहेको अवस्थामा नै हात्तीले घरमा आक्रमण गरेपछि जसोतसो ज्यान जोगाउन सफल भएको पीडित हरिकला कामीले बताईन । मध्य रातमा मानवबस्तीमा पसेको जंगली हात्तीको बथानले हरिकला कामीको घर लगायत भाडाकुँडा, कपडा, अन्नपात, पुर्णरुपमा क्षति भएको छ ।
त्यस्तै पाँच कठ्ठामा लगाईएको धानवाली पुर्णरुपले नोक्सानी भएको बथानले पुर्णमाया विकको घरपुर्णरुपले क्षति भएको छ । दिनेश विकको काठको घर पुर्णरुपले क्षति भएको छ । यम प्रसाद पनेरु १० कठ्ठामा लगाईएको धानखेती पुर्णरुपले क्षति भएको छ । रेशम बहादुर गुरुङको १० कठ्ठामा लगाएको धानबाली नोक्सानी भएको छ । मोहन कुमारी श्रेष्ठको ५ कठ्ठामा लगाईएको धानवाली र ५ कठ्ठाको मकै बाली नोक्सानी भएको छ । मीन बहादुर गुरुङको ५ कठ्ठामा लगाइएको मकै पुर्णरुपले क्षति भएको छ । मनिषा जोशीको ५ कठ्ठामा लगाईएको मकै खेती पुर्णरुपले क्षति भएको छ ।
फुलमाया जैसीले १० कठ्ठामा लगाईएको धानबाली पुर्णरुपले क्षति भएको छ । लाल वीर दुनुवारको २ कठ्ठाको धान बाली पुर्णरुपले क्षति भएको छ । कृष्ण कला महतराको पनि २ कठ्ठाको धान बाली पुर्णरुपले क्षति भएको छ । त्यस्तै, शुक बहादुर बिकको ४ कठ्ठामा लगाएको मकैबाली पुर्णरुपले क्षति भएको छ । बुधबार विहानै पुनर्वास नगरपालिकाका मेयर जीवनराज थापा हात्ती आतंकीत क्षेत्रमा पुगी पीडितहरुसंग छिट्टै क्षतिपूर्ति उपलब्ध गराउने प्रतिबद्धता जनाए । उनले हात्ती नियन्त्रणका लागि थप पहल चालिने जानकारी गराए ।
गत बर्ष मात्र यस क्षेत्रमा लगाएको सयौँ बिगाहाको धान,उखु, गहुँ लगायतका खेती भारतीय नेसनल पार्कबाट आउने जंगली हात्तीको बथानले सखाप पारेका थिए भने एक जनाको ज्यान समेत गएको थियो । बर्सेनि पुनर्वासमा हात्ती आतंक हुने गरेको छ । यसको नियन्त्रणमा सम्बन्धित निकायले खासै चासो दिएको छैन । गत बर्ष पुनर्वासका हात्ती पीडितहरुले बर्षौ देखिको पुनर्वासको हात्ती आतंकलाई सरकारले बेवास्ता गरेपछि सदरमुकाम पुगेर विरोध र्याली समेत गरेका थिए ।