arrow

अपरिचित मान्छेले फोनमा बम पड्काउँदैछु भनेपछि दिल्लीमा हंगामा 

logo
प्रकाशित २०७४ भदौ १ बिहिबार
delhi_suraxa.jpg

नयाँ दिल्ली । उत्तर प्रदेशको पश्चिमी भागबाट दिल्ली हाईकोर्टमा बम पड्किँदैछ भनेर टेलिफोन गरेपछि दिल्ली उच्च अदालतमा उच्च सुरक्षा सतर्कता अपनाईएको छ । भारतको एनडिटीभीले दिएको जानकारी अनुसार विहान उत्तरप्रदेशको पश्चिमी भाग तथा दिल्लीको पूर्वी भागबाट दिल्ली प्रहरीलाई टेलिफोन गरी दिल्ली उच्च अदालतमा बम विस्फोट गराउँदै छु भनेर अपरिचित व्यक्तिले टेलिफोन गरेपछि अहिले त्यहाँ उच्च सुरक्षा सतर्कता अपनाईएको छ ।

अहिले अदालत अगाडि बम विस्फोटक टोली र उच्च संख्यामा प्रहरी परिचालन गरिएको छ । अहिले अनुसन्धानमा खटिएका प्रहरीहरु पनि सिभिल ड्रेसमा अलदालत आसपास आएका छन् । २०११ सालमा पनि यसैगरी आएको फोनलाई त्यति वास्ता नगर्दा अदालत परिसरमा बम विस्फोट भएको थियो । 

अहिले प्रहरीले त्यो टेलिफोन गर्ने व्यक्ति खोजीरहेको छ । दिल्ली र उत्तरप्रदेशको सीमामा पर्ने भजनपुरबाट त्यस्तो टेलिफोन आएको थियो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ