arrow

उत्तर कोरियासँग शान्तिपूर्ण निकासको सम्भावना छ : अमेरिकी सैनिक जनरल

logo
प्रकाशित २०७४ भदौ १ बिहिबार
america-china.jpg

बेइजिङ (चीन) । उत्तर कोरियासँग शान्तिवार्ताको सम्भावना रहेको अमेरिकी उच्च सुरक्षा अधिकारीले बिहीबार बताएका छन् । अमेरिकी उच्च सैनिक जनरल जो डनफोर्डले भने, “अमेरिकासँग उत्तेजित उत्तर कोरियाली शासकसँग छलफल तथा समस्याको समाधान खोज्ने ‘विश्वसनीय तथा ब्यवहारिक सैन्य विकल्प’ रहेको छ ।” अमेरिकाले दक्षिण कोरियासँगको सैन्य अभ्यासलाई रोक्ने कुनै योजना नभएको चीन भ्रमणमा रहेका डनफोर्डले सञ्चारकर्मीसँग बताए ।

अमेरिकाको दक्षिण कोरियासँग भएको संयुक्त सैन्य अभ्यासले चीन तथा उत्तर कोरिया दुवैलाई चिढाएको छ । डनफोर्डले चीन भ्रमणको अन्तिम दिन सञ्चारकर्मीसँगको भेटमा यस्तो प्रतिक्रिया दिएका हुन् ।  उनले बुधबार चिनियाँ सिमाक्षेत्रमा रहेको सैनिक क्षेत्रको भ्रमण गरेका थिए  ।

मेरा लागि सैन्य विकल्प हुने कुरा अकल्पनीय छ जस्तो लाग्दैन, उनले चिनियाँ राष्ट्रपति सि जिन पिङसँगको भेटपूर्व भएको पत्रकारसँगको कुराकानीमा भने ।

“उत्तर कोरियाली नेता किम जोङ उनलाई ब्यालिस्टक क्षेप्यास्त्र विकास गर्न दिने कुरा कल्पना बाहिरको कुरा हो जसले अमेरिका तथा यस क्षेत्रको सुरक्षामा चुनौति खडा गरिरहनेछ,” उनले भने। तर समस्याको शान्तिपूर्ण समाधान सबैको हितमा हुनेछ ।

अमेरिकी सुरक्षा अधिकारीले भने, “मलाई विश्वास छ अगाडि लामो बाटो छ र हामी सम्भावनाको खोजीमा छौँ । मलाई लाग्छ समस्याको समाधान शान्तिपूर्ण रूपमा निस्कनेछ ।

सोलमा दक्षिण कोरियाली राष्ट्रपति मुन जाइ–इनले बिहीबार कोरियाली प्रायद्वीपमा युद्ध नहुने बताएका छन् ।  गत हप्ता दक्षिण कोरियाको भ्रमण गरेका जनरल डनफोर्ड बिहीबार नै जापान जाँदै छन् । जापानमा पनि उनले प्योङयाङका कारण बढेको सुरक्षा चुनौतिका बिषयमा छलफल गर्नेछन् ।  एएफपी



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ