arrow

पाँचथरमा १० हजार १ सय ५७ जना मतदाताहरु थपिए

logo
जितेन्द्र भण्डारी,
प्रकाशित २०७४ भदौ २ शुक्रबार
panchthar-district.png

पाँचथर । पाँचथरमा १० हजार १ सय ५७ जना मतदाताहरु थपिएका छन् । गत साउन १ गतेदेखि जिल्लामा सञ्चालन भएको मतदाता नामावली संकलनमा उनीहरु थपिएको जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकारी ध्रुव कुमार राईले जानकारी दिए ।

जसमध्ये ५ हजार ३ सय ४३ जना पुरुष,र ४ हजार ८ सय १४ जना महिला मतदाताहरु रहेको जिल्ला निर्वाचन कार्यालय पाँचथरले जनाएको छ । यस्तै, १ सय ७० जनाको त्रुटी सच्चाइएको,२ सय ४० जनाको नाम सारेको र ५३ जनाको दोहोरो र मृत्यु भएकोले हटाइएको वताइएको छ ।

गत साउन १ गतेदेखि जिल्ला निर्वाचन कार्यालयमा र भदौ १६ गतेदेखि गाउँपालिकामा मतदाता नामावली संकलन गरिएको उनले जानकारी दिए । यस्तै मतदाता नामावली भदौ ३ गते सम्मका लागि थप भएको पनि उनले बताए ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ