सरकारको एकद्वारप्रणालीबाट राहत वितरण गर्ने निर्णयमा अन्तरिम आदेश
प्रकाशित २०७४ भदौ २ शुक्रबार
902
Shares
काठमाडौं । सर्वाेच्च अदालतले सरकारको एकद्वार प्रणालीबाट बाढी पीडितलाई राहत वितरण गर्ने विषयमा परेको मुद्दामा अन्तरिम आदेश जारी गरेको छ । शुक्रबार न्यायाधीस ओमप्रकाश मिश्रको एकल इजलासले सो मुद्दाको सन्दर्भमा कारण देखाउ आदेश सहित अन्तरिम आदेश जारी गरेको सर्वाेच्च अदालतले जनाएको छ ।
साउन ३१ गते नेपाल सरकारले एकद्वार नीति मार्फत् राहत वितरण गर्ने निर्णय गरेको थियो । सो विषयमा अधिवक्ता सुनिल रञ्जन सिंहले सर्वाेच्च अदालतमा मुद्दा दायर गरेका थिए । उनले सो मुद्दामा नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृहमन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय आपूर्ति व्यवस्था मन्त्रालय, स्वास्थ्य मन्त्रालय र केन्द्रीय दैवी प्रकोप उद्धार समिति समेतलार्इ विपक्षी बनाएर मुद्दा दायर गरेका थिए ।