arrow

पाँच महिनादेखि भूमिसुधार कार्यालय प्रमुख विहीन

logo
प्रकाशित २०७४ भदौ ३ शनिबार
dang_district_map.png

दाङ । जिल्ला भूमिसुधार कार्यालय दाङमा पाँच महिनादेखि कार्यालय प्रमुख विहीन भएको छ । 

भूमिसुधार अधिकारी टीकाराम ढकाल गएको चैत १३ गते सरुवा भएपछि कार्यालय प्रमुख विहीन बनेको हो । सरुवा भएको पाँच महिना पुग्न लाग्दासमेत नयाँ कार्यालय प्रमुख नआउँदा कार्यालयबाट प्रवाह हुने सेवामा समस्या आएको छ । 

कार्यालयको जिम्मा निमित्त कार्यालय प्रमुख नारायणप्रसाद पोख्रेलले समालेका छन् । तर उनले आफूलाई अधिकार नदिएका कारण अन्तिम अवस्थामा रहेका मुद्दाको फैसलासमेत हुननसकेको बताए । प्रमुख नहुँदा मोही र जग्गाधनीको बीचमा मिलापत्र हुननसकेको, मोही नामसारी, मोहीको लगतकट्टा गरिपाउँ भन्दै परेका उजुरी सम्बोधन हुनसकेका छैनन् । 
 । रासस 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ