arrow

पत्रकार महासंघको २५ औं महाधिवेशन आइतबारदेखि, यस्तो छ कार्यक्रम [सभासदहरुको नामावलीसहित]

logo
प्रकाशित २०७४ भदौ ४ आइतबार
FNJ-logo.jpg.jpeg

काठमाडौं । नेपाल पत्रकार महासंघको २५ औं महाधिवेशन आइतबारदेखि काठमाडौंको प्रज्ञा भवनमा हुँदैछ ।

दुई दिने चुनावी महाधिवेशनको उद्घाटन प्रधानमन्त्री शेरबहादुर देउवाले बिहान १० बजे गर्ने कार्यक्रम रहेको पत्रकार महासंघले जनाएको छ ।

बिहान ८ बजेदेखि सहभागीको नाम दर्ता र खानाको कुपन, आइडी कार्ड, पुस्तक तथा स्वास्थ्य सामग्रीसहितको ब्याग वितरण प्रकृया सुरू हुने महासंघले जनाएको छ । 

‘व्यावसायिक पत्रकारिताको आधारः प्रेस स्वतन्त्रता र श्रम अधिकार’ भन्ने मूल सन्देशका साथ काठमाडौँमा हुने महाधिवेशनको प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्नेछन् ।

महाधिवेशनमा देश विदेशबाट गरी १५१८ जना प्रतिनिधिले सहभागिता जनाउँदै गरेको महासंघले जनाएको छ ।

दर्ता शुल्क प्रति सभासद रु एक हजार तिरेर शाखा अध्यक्षले कलेक्सन गरेर वितरण व्यवस्था मिलाउन सक्ने पनि महासंघले जनाएको छ ।

महाधिवेशनले ४५ सदस्यीय नयाँ कार्यसमिति चुन्ने छ ।

उम्मेदवार बन्न चाहनेले मध्यान्ह १२ देखि दिउँसो ३ बजेसम्म आफ्नो उम्मेदवारी दर्ता गर्नुपर्ने निर्वाचन समितिले जनाएको छ ।

उम्मेदवार उपरको दाबी विरोध तथा उम्मेदवारी फिर्ता लिनेका लागि पौने ४ बजेदेखि १ घन्टाको समय छुट्याइएको छ ।

उम्मेदवारको अन्तिम नामावली बेलुकी ५ बजे प्रकाशित गरिने निर्वाचन समितिले जनाएको छ ।

महासंघको नयाँ नेतृत्वका लागि सोमबार बिहान ९ देखि दिउँसो ३ बजेसम्म मतदानको समय तोकिएको छ । मतगणना मतदान सकिएलगत्तै गरिने छ ।

नेपाल पत्रकार महासंघको महाधिवेशनमा यसपटक नेपाली कांग्रेसनिकट प्रेस युनियन र नेकपा माओवादी केन्द्रनिकट प्रेस सेन्टरबीच तालमेल भएको छ ।

यो गठबन्धनबाट सभापतिमा गोविन्द आचार्यले उम्मेदवारी दिएका छन् । नेकपा एमालेनिकट प्रेस चौतारीले तीर्थ कोइरालालाई उम्मेदवार बनाएको छ । चौतारीसंग अन्य दलहरुका निकटका पत्रकार समूह जोडिएका छन् ।

यसअघि प्रेस चौतारी र प्रेस सेन्टरबीच तालमेल भए पनि यसपटक सरकार गठबन्धनमा जोडिएको साइनोको प्रभाव पत्रकार महासंघमा पनि परेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ