arrow

बङ्गलादेशकी प्रधानमन्त्रीलाई हत्या गर्न खोज्ने दश जनालाई दिइयो मृत्युदण्ड

logo
प्रकाशित २०७४ भदौ ४ आइतबार
shekh-hasina.jpg

ढाका (बङ्गलादेश) । बङ्गलादेशको एक अदालतले सन् १९९० र २००० को दशकमा बङ्गलादेशकी नेतृ शेख हसीनालाई हत्या गर्न गरिएका पटक पटकका असफल प्रयासमा दोषी ठहर गर्दै बङ्गलादेशका विभिन्न १० इश्लामिक लडाकूलाई आइतबार मृत्युदण्डको सजाँय सुनाएको छ ।

उनीहरूले नेतृ हसीना सहभागी भएको एक आमसभा स्थलमा ठूलो पैमानामा विस्पोटक पदार्थ विष्पोट गराएर उनि पहिलो पटक प्रधानमन्त्री भएको समयमा सन् २०००मा हत्या प्रयास गरेको अभियोजक शामसुल हक बादोलले एएफ्पीलाई बताए ।  अभियुक्तले उक्त बम नेतृ हसीनालाई लक्षित गरी विष्पोट गराउने प्रयास गरेका बताइएको छ । घटनाका प्रमुख आरोपित हनानलाई सन् २००४ मा बङ्गलादेशका लागि बेलायती राजदूतमाथि ग्रिनेड आक्रमण गरेको आरोपमा अप्रिलमा फाँसी दिइ सकिएको छ ।

आरोपितले हसीना गैरमुश्लिम भएको र उनको हत्यापछि मात्र मुश्लिमको हातमा सत्ताको बागडोर आउने भनी आफूहरूले उनिमाथि आक्रमण गरेको बताएका छन् । अर्का एक अभियोजक खान्दकर अब्दुल म्याननले मृत्यु दण्ड सुनाइएका कतिपय अभियुक्तले बङ्लादेशी चर्चमा विष्पोट गराएको लगायतका विभिन्न आत्मघाती आक्रमणमा सम्लग्न भएकोसमेत अनुसन्धानका क्रममा खुलेको बताए ।
 
यसैबीच मृत्युदण्डमाथि जेलका अधिकारीको सहयोगमा पुनरावेदन गरिने सजाँयको विपक्षमा बहस गरेका वकील फारुक अहमदले बताए  ।  प्रतिबादीले आफूहरूले न्याय नपाएको बताउँदै मुद्दामाथि अनगिन्ती विवाद रहेको बताए ।
 
हनानले तत्कालिन प्रतिपक्षि नेता हसीनालाई लक्षित गरेको विष्पोटक पदार्थ भीडमा पड्किँदा सन् २००४ मा उनि सामान्य घाइते भएकी थिइन् भने २२ जनाको मृत्यु भएको थियो । एएफ्पी

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ